बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

१० महिनामा १५ अर्बको मकै आयात

मङ्गलबार, १३ जेठ २०८२, १८ : ०८
मङ्गलबार, १३ जेठ २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १५ अर्ब ९३ करोड रुपैयाँको मकै आयात भएको छ । 

२०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १५ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको २९९९८९.९४ मेट्रिक टन मकै आयात भएको भन्सार विभागले जनाएको छ । 

यसमध्ये ९६ करोड १९ लाख ५२ हजार रुपैयाँको २७३४.९३ मेट्रिक टन बीउ मकै आयात भएको छ । यस्तै १४ अबै ९७ करोड २९ लाख ४७ हजार रुपैयाँको २९७२५५.०१ मेट्रिक टन मकै आयात भएको हो । 

सो परिमाणमा मकै आयात हुँदा १ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप