शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

लागूऔषध र ६६ हजार नगदसहित दुई जना पक्राउ

मङ्गलबार, १३ जेठ २०८२, २० : १०
मङ्गलबार, १३ जेठ २०८२

काठमाडौँ । प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । सोमबार उदयपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा १ किलो ३ सय ग्राम र ६६ हजार नगदसहित दुई जना पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्ने ६८ वर्षीय लकु चौधरी र ३२ वर्षीय मनोज चौधरी रहेका छन् । अदालतबाट पाँच दिनको म्याद लिई उनीहरूमाथि थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप