सदनको अवरोध खुलाउन सभामुखले सचेतकहरूसँग छलफल गर्ने

समाचार सारांश
- सभामुख देवराज घिमिरेले भिजिट भिसा र मानव तस्करी प्रकरणबारे विपक्षी दलको सदन अवरोध खुलाउन छलफल बोलाएका छन्।
- सभामुखले ११ बजे बस्ने बैठकअघि सचेतकहरूसँग छलफल गर्दैछन्।
- विपक्षी दलले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध गरेका थिए।
काठमाडौँ । भिजिट भिसा र अध्यागमनबाट हुने मानव तस्करी प्रकरणलाई लिएर विपक्षी दलले गरेको सदन अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।
प्रतिनिधि सभाको ११ बजे बस्ने बैठकअघि सभामुखले सचेतकहरूलाई छलफलका लागि संसद् भवन बानेश्वरमा बोलाएका हुन् ।
‘११ बजे संसद् बैठक छ । त्यसअघि साढे १० बजे सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ’, सभामुखको सचिवालयले जनाएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म सदन चल्न नदिने बताएका थिए । त्यसपछि अवरुद्ध बैठक साढे २ बजेलाई राखिए पनि दलहरूबिच सहमति हुन नसक्दा आज बुधबार ११ बजे बस्नेगरी सूचना टाँसेर स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको खेल तालिका जुन १८ मा
-
ओली र देउवा नक्कली गणतन्त्रवादी हुन् : प्रभु साह
-
‘देशभर सडक सञ्जालको लम्बाई ३६ हजार किलोमिटर पुग्यो’
-
राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन
-
आर्थिक सर्वेक्षण पेस : आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान (पूर्णपाठसहित)
-
सार्वजनिक संस्थानको नाफा ४२ अर्ब ६२ करोड, १५ वटा नोक्सानमा