सदनको अवरोध खुलाउन सभामुखले सचेतकहरूसँग छलफल गर्ने
सारांश
- सभामुख देवराज घिमिरेले भिजिट भिसा र मानव तस्करी प्रकरणबारे विपक्षी दलको सदन अवरोध खुलाउन छलफल बोलाएका छन्।
- सभामुखले ११ बजे बस्ने बैठकअघि सचेतकहरूसँग छलफल गर्दैछन्।
- विपक्षी दलले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध गरेका थिए।
काठमाडौँ । भिजिट भिसा र अध्यागमनबाट हुने मानव तस्करी प्रकरणलाई लिएर विपक्षी दलले गरेको सदन अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।
प्रतिनिधि सभाको ११ बजे बस्ने बैठकअघि सभामुखले सचेतकहरूलाई छलफलका लागि संसद् भवन बानेश्वरमा बोलाएका हुन् ।
‘११ बजे संसद् बैठक छ । त्यसअघि साढे १० बजे सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ’, सभामुखको सचिवालयले जनाएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म सदन चल्न नदिने बताएका थिए । त्यसपछि अवरुद्ध बैठक साढे २ बजेलाई राखिए पनि दलहरूबिच सहमति हुन नसक्दा आज बुधबार ११ बजे बस्नेगरी सूचना टाँसेर स्थगित भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण