संसद् बैठक
प्रतिनिधिसभामा विपक्षीको विरोध
बुधबार, १४ जेठ २०८२, १३ : ०८
सारांश
- प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूले विरोध जनाए।
- सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउँदा विपक्षीहरूले विरोध गरे।
- विपक्षी दलहरूको विरोधका कारण बैठक अघि बढ्न सकेन।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउना साथ विपक्षीहरूले उठेर विरोध गरेका हुन् ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । आज दुई घण्टा ढिलो गरेर बैठक सुरु हुँदावित्तिकै विपक्षीले विरोध गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण