गणतन्त्र दिवसको अवसरमा जनमत पार्टीद्वारा देशव्यापी कार्यक्रमको घोषणा
बुधबार, १४ जेठ २०८२, १३ : २८
काठमाडौँ । जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा देशभरका वडादेखि पालिका स्तरसम्म विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता डा. शरद सिंह यादवद्वारा बुधबार जारी विज्ञप्तिमा यस वर्षको गणतन्त्र दिवसलाई ’नौलो गणतन्त्र निर्माणतर्फ अग्रसर हुने अवसर’का रूपमा लिनुपर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ’गणतन्त्र दिवस हामीले इतिहासकै एक महत्त्वपूर्ण संघर्षबाट प्राप्त गरेका अधिकार र समानताको स्मरण गर्ने दिन हो। यसले नागरिकलाई देशको साँचो मालिक बनाएको छ र सत्ता सिंहासनबाट होइन, जनताको मञ्जुरीबाट उत्पन्न हुन्छ ।’
पार्टीले गणतन्त्र दिवसको दिन देशभरिक स्थानीय तहहरूमा सहज हुने गरी शुभकामना आदानप्रदान, प्रभातफेरि, सरसफाई अभियान र मैनवत्ती प्रज्वलनजस्ता कार्यक्रमहरू सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण