मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

गणतन्त्र दिवसको अवसरमा जनमत पार्टीद्वारा देशव्यापी कार्यक्रमको घोषणा

बुधबार, १४ जेठ २०८२, १३ : २८
बुधबार, १४ जेठ २०८२

काठमाडौँ ।  जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा देशभरका वडादेखि पालिका स्तरसम्म विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टीका  प्रवक्ता डा. शरद सिंह यादवद्वारा बुधबार जारी विज्ञप्तिमा यस वर्षको गणतन्त्र दिवसलाई ’नौलो गणतन्त्र निर्माणतर्फ अग्रसर हुने अवसर’का रूपमा लिनुपर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ’गणतन्त्र दिवस हामीले इतिहासकै एक महत्त्वपूर्ण संघर्षबाट प्राप्त गरेका अधिकार र समानताको स्मरण गर्ने दिन हो। यसले नागरिकलाई देशको साँचो मालिक बनाएको छ र सत्ता सिंहासनबाट होइन, जनताको मञ्जुरीबाट उत्पन्न हुन्छ ।’

पार्टीले गणतन्त्र दिवसको दिन देशभरिक स्थानीय तहहरूमा सहज हुने गरी शुभकामना आदानप्रदान, प्रभातफेरि, सरसफाई अभियान र मैनवत्ती प्रज्वलनजस्ता कार्यक्रमहरू सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

janamat party press realese

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप