मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

घिरौँलामा भेटियो विषादीको मात्रा

बुधबार, १४ जेठ २०८२, १४ : ०५
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • कालिमाटी तरकारी बजारमा काभ्रेबाट ल्याइएको घिरौँलामा विषादी भेटिएको छ।
  • परीक्षणका क्रममा घिरौँलामा ३७.९२ प्रतिशत अर्गानोफस्फेट विषादी फेला परेको थियो।
  • विषादीको मात्राअनुसार, उक्त घिरौँला केही दिन राखेर मात्र बिक्री गर्नुपर्ने बताइएको छ।

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको घिरौँलामा विषादी भेटिएको छ । काभ्रेमा उत्पादित उक्त घिरौँलामा अर्गानोफस्फेट नामक विषादीको मात्रा ३७.९२ प्रतिशत भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । 

केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले बुधबार १७ वटा स्टलमा १७ वटा तरकारीमा विषादी परीक्षण गरेको थियो । यसमध्ये घिरौँलामा उक्त मात्रामा विषादी फेला परेको र केही दिन राखेर मात्रै बिक्री गरिनु पर्ने जनाइएको छ । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह किटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप