घिरौँलामा भेटियो विषादीको मात्रा
बुधबार, १४ जेठ २०८२, १४ : ०५
सारांश
- कालिमाटी तरकारी बजारमा काभ्रेबाट ल्याइएको घिरौँलामा विषादी भेटिएको छ।
- परीक्षणका क्रममा घिरौँलामा ३७.९२ प्रतिशत अर्गानोफस्फेट विषादी फेला परेको थियो।
- विषादीको मात्राअनुसार, उक्त घिरौँला केही दिन राखेर मात्र बिक्री गर्नुपर्ने बताइएको छ।
काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको घिरौँलामा विषादी भेटिएको छ । काभ्रेमा उत्पादित उक्त घिरौँलामा अर्गानोफस्फेट नामक विषादीको मात्रा ३७.९२ प्रतिशत भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले बुधबार १७ वटा स्टलमा १७ वटा तरकारीमा विषादी परीक्षण गरेको थियो । यसमध्ये घिरौँलामा उक्त मात्रामा विषादी फेला परेको र केही दिन राखेर मात्रै बिक्री गरिनु पर्ने जनाइएको छ ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह किटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन पुरस्कार विजेता विवेकको ‘मौन कोलाहल’ बजारमा
-
देशभरका १३ सडक अवरुद्ध (सूचीसहित)
-
प्रश्नपत्र लिक गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता, संयम अपनाउन अपिल
-
कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : महर
-
ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)
-
बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण