बारामा गाँजासहित २ जना पक्राउ
बुधबार, १४ जेठ २०८२, १७ : ३१

समाचार सारांश
- बाराको जितपुर सिमरा उपमहानगरपालिकामा प्रहरीले करिब ४ किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा पर्साका घुरन साह र रसटली साह रहेका छन्, उनीहरू नारायणघाटबाट वीरगंजतर्फ गइरहेका थिए।
- प्रहरीले उनीहरूलाई बा. ४ ख ५९२२ नम्बरको बसबाट पक्राउ गरेको हो र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बारा । बारामा गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका– १ पथलैयाबाट करिब ४ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका–६ बस्ने ४६ वर्षीय घुरन साह र ५४ वर्षीय रसटली साह रहेका छन् ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको बा. ४ ख ५९२२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्