बारामा गाँजासहित २ जना पक्राउ
बुधबार, १४ जेठ २०८२, १७ : ३१
सारांश
- बाराको जितपुर सिमरा उपमहानगरपालिकामा प्रहरीले करिब ४ किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा पर्साका घुरन साह र रसटली साह रहेका छन्, उनीहरू नारायणघाटबाट वीरगंजतर्फ गइरहेका थिए।
- प्रहरीले उनीहरूलाई बा. ४ ख ५९२२ नम्बरको बसबाट पक्राउ गरेको हो र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बारा । बारामा गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका– १ पथलैयाबाट करिब ४ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका–६ बस्ने ४६ वर्षीय घुरन साह र ५४ वर्षीय रसटली साह रहेका छन् ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको बा. ४ ख ५९२२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण