र्यापर एमीवे बन्ताईलाई ज्यान मार्ने धम्की
काठमाडौँ । र्यापर एमीवे बन्ताईलाई हालै ज्यान मार्ने धम्की आएको छ । एमीवे बन्ताई भारतीय मनोरञ्जन उद्योगको चर्चित नाम हुन् । उनको वास्तविक नाम मुहम्मद बिलाल शेख हो । उनका कुडी, गली का कुट्टा, रिंग रिंग, गिरफतार र जमैका टु इन्डिया जस्ता गीत चर्चित छन् ।
एमीवेलाई बन्ताई रेकड्र्सको नाममा दर्ता गरिएको मोबाइल नम्बरमा ज्यान मार्ने धम्की आएको बताइएको छ । धम्की आउने बित्तिकै र्यापरले आफ्नो कर्मचारी मार्फत यस विषयमा उजुरी दर्ता गराएका छन् । धम्की मे २७ को बिहान आएको थियो । यसबारे नवी मुम्बईको एक प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ ।
सिद्धु मुसेवालाको हत्याराले दिएका हुन् धम्की ?
एमिवेले दिवङ्गत पञ्जाबी गायक सिद्धु मुसेवालाको तेस्रो वार्षिकोत्सवमा ‘ट्रिब्युट टु सिद्धु मुसेवाल’ शीर्षकको गीत रिलिज गरेका छन् । सिद्धु मुसेवालालाई यो गीत डेडिकेट गर्नु एक दिन अघिअर्थात् मे २५ मा एमिवेलाई १ करोड रुपैयाँ फिरौती तिर्न होइन भने मारिदिने धम्की आएको थियो ।
तनावको कुरा यो हो कि धम्की दिने व्यक्तिले आफूलाई ग्याङ्स्टर लरेन्स बिश्नोईको नजिकको सहयोगी गोल्डी ब्रार भनेका छन् । धम्कीमा उनले रोहित गोदाराको नाम पनि लिएका छन् । यी दुवै बिश्नोईका नजिकका गुण्डा हुन् ।
लरेन्स बिश्नोईले गायक सिद्धु मुसेवालाको हत्याको जिम्मेवारी लिएका थिए । अब यी व्यक्तिहरूले एमिवे २४ घण्टाको म्याद दिँदै १ करोड भारु नतिरे ज्यान मार्ने धम्की दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण