लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय ?
बुधबार, १४ जेठ २०८२, १९ : ३५
बुटवल । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यसैगरी स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेश सभा समक्ष पेस गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत जीवनाशक विषादी निरीक्षकहरूको कार्यक्षेत्र हेरफेर तथा थप गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण