शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ

रातिको समयमा उपचार गराउँदा निको हुने भन्दै घरमै बोलाएर गर्थे दुर्व्यवहार
बुधबार, १४ जेठ २०८२, २१ : ५२
बुधबार, १४ जेठ २०८२

काठमाडौँ । झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षिय महमद साबिर रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार उनलाई  घरबाटै पक्राउ गरेको हो । 

पक्राउ परेका उनीमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरक्षिक (डीएसपी) वेद प्रकाश जोशीले बताए । 

प्रहरीका अनुसार रातिको समयमा उपचार गराउँदा निको हुने भनि आफ्नो घरमा बोलाई उपचारको बहानामा पीडितलाई यौन दुर्व्यवहार गर्ने गरेका थिए ।  पीडित बालिका वडा नम्बर ६ रामपुर स्थित एक घरमा दिदिसँगै भाडामा बस्दै आएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप