झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ
रातिको समयमा उपचार गराउँदा निको हुने भन्दै घरमै बोलाएर गर्थे दुर्व्यवहार
बुधबार, १४ जेठ २०८२, २१ : ५२
काठमाडौँ । झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षिय महमद साबिर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार उनलाई घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरक्षिक (डीएसपी) वेद प्रकाश जोशीले बताए ।
प्रहरीका अनुसार रातिको समयमा उपचार गराउँदा निको हुने भनि आफ्नो घरमा बोलाई उपचारको बहानामा पीडितलाई यौन दुर्व्यवहार गर्ने गरेका थिए । पीडित बालिका वडा नम्बर ६ रामपुर स्थित एक घरमा दिदिसँगै भाडामा बस्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण