संसद् बैठक बस्नुअघि रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दै
सारांश
- प्रतिनिधिसभा बैठकअघि साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्ने भएको छ ।
- संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरूसहित प्रमुख सचेतकहरूको बैठक बोलाइएको हाे ।
- भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको विषयलाई लिएर विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन्।
काठमाडौँ । प्रतिनिधिसभा बैठकअघि साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरूसहित प्रमुख सचेतकहरूको बैठक बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । संसद्को पहिलो बैठकमा आ–आफ्ना धारणा राख्ने जानकारी दिँदै उनले परिस्थिति हेरेर बाँकी निर्णय लिन विपक्षी दलहरूको बैठक बोलाइएको उनले जानकारी दिए ।
‘बजेट रोक्ने हाम्रो मनसाय होइन । संसद्को पहिलो बैठकमा हामीले आफ्नो धारणा राख्छौँ । थप विषयबारे निर्णय लिन विपक्षी दलहरूको बैठक बस्दैछ । त्यस बैठकले नै निर्णय गर्नेछ’, परियारले भने ।
प्रतिनिधिसभाको पहिलो बैठक १ः ३० बजे बोलाइएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । तर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न भएको भएको भन्दै विपक्षीले मंगलबारदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।
बुधबार बसेको विपक्षी दलहरूको बैठकले सरकारलाई बजेट पेस गर्न दिन सकारात्मक भएको निर्णय गरेको थियो । बजेट पेस गरेपछि गृहमन्त्रीको राजीनामा माग राखेर संसद् अवरोध जारी राख्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण