एमालेको ‘गणतन्त्र उत्सव’ र्याली, कहाँबाट हुन्छ सुरु ?

समाचार सारांश
- नेकपा (एमाले) ले गणतन्त्र स्थापनाको १८ वर्ष पूरा भएको अवसरमा पहिलो पटक उत्सवको रूपमा र्यालीको आयोजना गर्दैछ।
- र्याली भृकुटीमण्डप, बागबजार र रत्नपार्क क्षेत्रमा केन्द्रित हुनेछ, जसमा विभिन्न स्थानबाट कार्यकर्ताहरू भेला हुनेछन्।
- एमाले नेता राजेन्द्र गौतमका अनुसार र्याली गणतन्त्रको पक्षमा नारा लगाउँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ।
काठमाडौँ । गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा पहिलो पटक नेकपा (एमाले) ले गणतन्त्रलाई उत्सवका रूपमा मनाउन र्याली निकाल्ने तयारी गरिरहेको छ । भृकुटीमण्डप, बागबजार र रत्नपार्क आसपासमा एमाले नेता कार्यकर्ताहरू पुग्न थालेका छन् ।
गणतन्त्र उत्सव र्याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर पुग्नेछ । भृकुटीमण्डपवबाट बृहत र्याली रत्नपार्कमा पुगेर सम्बोधन सहित समापन हुने कार्यक्रम रहको छ ।
‘गणतन्त्र उत्सवका र्यालीका लागि भेला भइरहेका छौँ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रूपमा मनाउन लागिएको हो’, नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भने, ‘सुरुमा र्याली सुरु भएर भृकुटीमण्डपमा भेला हुन्छौ, वृहत् र्यालीसहित रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर गणतन्त्र सम्बोधन हुनेछ ।’
एमालले गणतन्त्रका पक्षहरू शक्तिहरूलाई पनि गणतन्त्र उत्सवमा सहभागी हुने अपिल गरेको थियो । गणतन्त्र उत्सवको र्यालीमा नारा गणतन्त्रको पक्षमा नारा लगाउँदै र्याली गर्ने गरिनेछ ।
नाराहरू ‘गणतन्त्र जिन्दावाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद’, ‘नेकपा (एमाले) जिन्दावाद’ भन्ने नारा लगाउँदै र्यालीमा प्रस्तुत हुने तय गरिएको नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभागका प्रमुख गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरातलाई हराउँदै दोस्रो क्वालिफायरमा मुम्बईको मार्च
-
१२ बजे १२ समाचारः आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग, निषेधाज्ञापछि राजावादीको प्रदर्शनस्थल परिवर्तन
-
अख्तियारका डीआईजी श्रेष्ठको सरुवा रोकियो, ओम रानालाई रानीपोखरीमा पदस्थापन
-
भालुको आक्रमणबाट दार्चुलामा दुई जना घाइते
-
ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सर्वोच्च अदालतद्वारा अनुमति
-
लेखापरीक्षणमा पारदर्शिता सुनिश्चित गर्न महालेखापरीक्षकको जोड