शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

रत्नपार्कमा एम्बुलेन्स, अधिकारकर्मी खटिए अनुगमनमा

बिहीबार, १५ जेठ २०८२, १४ : ०५
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • रत्नपार्कमा गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै मानवअधिकारवादीको उपस्थिति रहेको छ।
  • नेकपा एमालेले गणतन्त्रको पक्षमा र्‍याली निकाल्यो भने राप्रपालगायत राजावादीहरूले विरोध प्रदर्शन गर्दैछन्।
  • एम्बुलेन्स पनि तैनाथ गरिएको छ, प्रदर्शनका क्रममा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै।

काठमाडौँ । गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै रत्नपार्कस्थित शान्ति वाटिका आसपासमा मानवअधिकारवादीको उल्लेख्य उपस्थिति देखिएको छ । साथै उक्त क्षेत्रमा एम्बुलेन्स समेत तैनाथ राखिएको छ । 

एकै दिन गणतन्त्रको पक्षमा नेकपा एमालेले र त्यसको विरोधमा राप्रपालगायत राजावादीहरूले प्रदर्शन गरेपछि मानवअधिकारकर्मीहरू अनुगमनमा खटिएका हुन् । 

एमालेले गणतन्त्रको पक्षमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम अन्तर्गत र्याली निकालिसकेको छ भने राजावादीहरूले दिउँसो २ बजेपछि प्रदर्शन गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप