शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

नेपाली नागरिकले विदेशी कम्पनीलाई सेवा उपलब्ध गराए स्वेट सेयर

बिहीबार, १५ जेठ २०८२, १५ : ५५
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले नेपाली नागरिकले विदेशी कम्पनीलाई सेवा उपलब्ध गराए स्वेट  सेयर दिने भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२/८३ बजेट भाषणमा यस्तो घोषणा गरेका हुन् । 

उनले नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशेष प्रकारको सेवा उपलब्ध गराए स्वेट सेयर दिने कानुनी व्यवस्था गरिने बताएका हुन । उनले नेपाली व्यवसायीलाई विदेशमा बिक्री शाखा वा अर्ध प्रशोधित सामाग्री निर्यात गर्न प्रशोधित शाखा खोल्न दिइने बताए । 

उनले त्यसको वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गरिने उल्लेख गरे । अर्थमन्त्री पौडेलले व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्रै फिर्ता गर्नुपर्ने व्यवस्था गरिने बताए । 

उनले भने,‘ नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशेष प्रकारको सेवा उपलब्ध गराए बापत स्वेट सेयर लिन पाउने कानुनी व्यवस्था गरिने छ । लगानी बोर्ड मार्फत सार्वजनिक निजी साझेदारीमा झापा दमक औद्योगिक पार्क निर्माण गरिने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप