निजी क्षेत्रका आयोजनाहरू समयमा नसकिने अवस्था छ : अध्यक्ष कार्की

समाचार सारांश
- इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका आयोजना समयमा नसकिने बताए।
- आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएको र सरकारले ध्यान दिनुपर्ने कुरा राखे।
- उत्पादनपछि मात्र आईपीओ जारी गर्न पाउने नियमले ऊर्जा क्षेत्रमा समस्या आउने उनको भनाइ छ।
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ इप्पानका अध्यन गणेश कार्कीले निजी क्षेत्रका आयोजनाहरू समयमा नसकिने अवस्था रहेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकोले सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।
‘ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शङ्का छ । उत्पादनपछि मात्रै आईपीओ जारी गर्न पाउने नियमले यसमा समस्या हुने देखिएको छ । ६१ खर्ब आवश्यक पर्ने भनिएको छ । अहिले ३६५ वटा आयोजनाहरू लाइसेन्स लिएर बसेको अवस्था छ,’ उनले भने ।
५६०० मेगावाट आयोजनाहरू लाइसेन्स बसेको र १७ हजारभन्दा बढी मेगावाट क्षमताका आयोजनाहरू रन अफ रिभरमा रहेको उनले बताए । ‘चाहेको अवस्थामा मात्रै विद्युत् किन्ने नियमले उत्पादन हुने विद्युत् खपत नहुन सक्छ । खनाल आयोगको सुझावले पनि केही समस्या रहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासनको एक्सनः तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी
-
सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ गएकाे प्रमाणित भयाे : नवराज सुवेदी