निजी क्षेत्रका आयोजनाहरू समयमा नसकिने अवस्था छ : अध्यक्ष कार्की
सारांश
- इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका आयोजना समयमा नसकिने बताए।
- आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएको र सरकारले ध्यान दिनुपर्ने कुरा राखे।
- उत्पादनपछि मात्र आईपीओ जारी गर्न पाउने नियमले ऊर्जा क्षेत्रमा समस्या आउने उनको भनाइ छ।
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ इप्पानका अध्यन गणेश कार्कीले निजी क्षेत्रका आयोजनाहरू समयमा नसकिने अवस्था रहेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकोले सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।
‘ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शङ्का छ । उत्पादनपछि मात्रै आईपीओ जारी गर्न पाउने नियमले यसमा समस्या हुने देखिएको छ । ६१ खर्ब आवश्यक पर्ने भनिएको छ । अहिले ३६५ वटा आयोजनाहरू लाइसेन्स लिएर बसेको अवस्था छ,’ उनले भने ।
५६०० मेगावाट आयोजनाहरू लाइसेन्स बसेको र १७ हजारभन्दा बढी मेगावाट क्षमताका आयोजनाहरू रन अफ रिभरमा रहेको उनले बताए । ‘चाहेको अवस्थामा मात्रै विद्युत् किन्ने नियमले उत्पादन हुने विद्युत् खपत नहुन सक्छ । खनाल आयोगको सुझावले पनि केही समस्या रहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण