शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

बजेटमा सेयर बजार : गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति

बिहीबार, १५ जेठ २०८२, १७ : ४७
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने घोषणा गरेको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
सरकारले पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गर्ने तयारी गरेको जनाएको छ । अर्थमन्त्री पौडेलले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने बताए ।

उनले धितोपत्र बजारमा सूचीकृत कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको सो पुँजी ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने बताए । 

उनले सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार सुरु गरिने भएको छ । गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिइने व्यवस्था मिलाइने बताए ।  उनले कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सक्ने कानुनी व्यवस्था गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप