बजेटमा सेयर बजार : गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति
काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने घोषणा गरेको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
सरकारले पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गर्ने तयारी गरेको जनाएको छ । अर्थमन्त्री पौडेलले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने बताए ।
उनले धितोपत्र बजारमा सूचीकृत कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको सो पुँजी ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने बताए ।
उनले सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार सुरु गरिने भएको छ । गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिइने व्यवस्था मिलाइने बताए । उनले कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न सक्ने कानुनी व्यवस्था गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री प्रधानले के भने ?
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण