सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
बिहीबार, १५ जेठ २०८२, १९ : ५४

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
जेठ ६ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
शाहलाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन प्याब्सनले दियो शिक्षिकाहरूलाई तालिम
-
फाइनल पुग्ने लक्ष्यसहित आपसमा भिड्दै दुई महारथी मुम्बई र गुजरात
-
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
-
मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका बेपत्ता पाँच सदस्य मृत फेला परे
-
ललितपुरमा खाजा खान होटेलमा पसेका युवकको शङ्कास्पद मृत्यु
-
माओवादीले जेठ २१ गतेदेखि मध्यपहाडी अभियान सञ्चालन गर्ने