ट्रम्पको व्यापार करविरुद्धको आदेश पुनरावेदन अदालतले रोक्यो
सारांश
- अमेरिकी अदालतले राष्ट्रपति ट्रम्पको कर लगाउने निर्णयलाई गैरकानुनी ठहर गरेको थियो।
- संघीय पुनरावेदन अदालतले उक्त आदेशलाई अस्थायी रूपमा रोक लगाएको छ र आयात कर सङ्कलन जारी राख्न अनुमति दिएको छ।
- यस मुद्दाको अर्को सुनुवाइ जुन ५ मा हुनेछ।
वासिङ्टन डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लगाउने निर्णयलाई अन्तर्राष्ट्रिय व्यापार अदालतले गैरकानुनी घोषित गरेकोमा अमेरिकी संघीय पुनरावेदन अदालतले उक्त आदेशलाई अस्थायी रूपमा रोक लगाएको छ।
अमेरिकी अन्तर्राष्ट्रिय व्यापार मामिलाका बनेको म्यानहट्टनस्थितअदालतले बुधबार ह्वाइट हाउसको आपत्कालीन कानुनले राष्ट्रपति ट्रम्पलाई प्रत्येक देशमा कर लगाउने अधिकार नदिएको फैसला सुनाएको थियो। अदालतले अमेरिकी संविधानले अन्य देशहरूसँगको व्यापारलाई नियमन गर्ने विशेष अधिकार कंग्रेस (संसद्) लाई दिएको र राष्ट्रपतिले ‘अर्थतन्त्र सुधार गर्ने मनसाय’ को लागि यी अधिकारहरूमाथि अतिक्रमण गर्न नमिल्ने बताएको थियो।
ट्रम्प प्रशासनले उक्त निर्णय विरुद्ध पुनरावेदन गरेको थियो। आफ्नो पुनरावेदनमा, ट्रम्प प्रशासनले व्यापार मामिलामा अदालतको फैसलाले महिनौँदेखि चलिरहेको व्यापार वार्तालाई बिथोल्ने खतरा रहेको बताएको छ।
ट्रम्प प्रशासनले भन्यो, ‘विदेश नीति र आर्थिक नीति अदालतले होइन, राजनीतिक शाखाहरूले बनाउँछन्।’
संघीय पुनरावेदन अदालतको अन्तरिम आदेश अनुसार, ट्रम्प प्रशासनले सुनुवाइ पूरा नभएसम्म आयात कर सङ्कलन जारी राख्न सक्छ। यस मुद्दाको अर्को सुनुवाइ जुन ५ मा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
-
पेपर लिक संशोधन विधेयकलाई क्याबिनेटको स्वीकृति, २७ जुलाईमा संसदमा पेस गरिने
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण