वैशाखमा ४ हजार ५ सय सवारी साधन दुर्घटना, २४५ जनाको मृत्यु
शुक्रबार, १६ जेठ २०८२, १० : ४७

समाचार सारांश
- २०८२ वैशाखमा सवारी दुर्घटनामा २४५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
- दुर्घटनामा ७१९ जना गम्भीर घाइते भए भने ४,५६५ सवारी साधन दुर्घटनामा परे।
- सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन्, जसमा २,५६६ मोटरसाइकल संलग्न थिए।
काठमाडौँ । २०८२ को वैशाख महिनामा दुर्घटनामा परेर २४५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् । यसैगरी दुर्घटनामा परेर ७१९ जना गम्भीर घाइते भएका छन् ।
वैशाखमा ४ हजार ५६५ सवारी साधन दुर्घटनामा परे । ३ हजार ४९ ठाउँमा भएको दुर्घटनामा ४ हजार ५६५ सवारी साधन संलग्न रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटना हुने सवैभन्दा धेरै मोटरसाइकल छन् । वैशाखमा भएका कुल दुर्घटना मध्येमा २ हजार ५६६ मोटरसाइकल दुर्घटनामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि
-
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
-
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ
-
आन्दोलन प्रभावकारी हुँदै गएको राप्रपा बैठकको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट आएको छ : पूर्वअध्यक्ष अग्रवाल
-
कोशी प्रदेशका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध (सूची)