निजी विद्यालयमा नेपाली बोलेबापत विद्यार्थीमाथि हुने कारबाहीविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा
शुक्रबार, १६ जेठ २०८२, ११ : ००
१
सारांश
- निजी विद्यालयमा नेपाली बोलेको आरोपमा विद्यार्थीमाथि हुने कारबाहीविरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा पेशी तोकिएको छ।
- विद्यार्थीहरूले निजी विद्यालयमा नेपाली भाषा बोल्दा जरिवाना र शारीरिक दण्ड दिने कार्य संविधान विपरीत भएको दाबी गर्दै रिट दायर गरेका हुन्।
- रिट निवेदनमा प्याब्सन, प्रधानमन्त्री कार्यालय, र शिक्षा मन्त्रालयलाई विपक्षी बनाइएको छ, जसले विद्यार्थीमाथिको दुर्व्यवहार रोक्न माग गरिएको छ।
काठमाडौँ । निजी विद्यालयमा नेपाली बोलेबापत विद्यार्थीमाथि हुने कारबाहीविरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो ।
कानुन विषयका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली बोलेबापत पिट्ने र जरिबाना उठाउने गरिएको भन्दै यस्तो कार्य संविधान विपरीत रहेको जिकिरसहित रिट निवेदन दायर गरेका हुन् ।
रिट निवेदनमा निजी विद्यालयहरूको छाता संगठन प्याब्सनसहित प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ ।
नेपाली बोलेमा विद्यार्थीमाथि कारबाही, जरिबाना र मानसिक तनाव दिने क्रम बढेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको रिट निवेदकहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण