शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

निजी विद्यालयमा नेपाली बोलेबापत विद्यार्थीमाथि हुने कारबाहीविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

शुक्रबार, १६ जेठ २०८२, ११ : ००
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • निजी विद्यालयमा नेपाली बोलेको आरोपमा विद्यार्थीमाथि हुने कारबाहीविरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा पेशी तोकिएको छ।
  • विद्यार्थीहरूले निजी विद्यालयमा नेपाली भाषा बोल्दा जरिवाना र शारीरिक दण्ड दिने कार्य संविधान विपरीत भएको दाबी गर्दै रिट दायर गरेका हुन्।
  • रिट निवेदनमा प्याब्सन, प्रधानमन्त्री कार्यालय, र शिक्षा मन्त्रालयलाई विपक्षी बनाइएको छ, जसले विद्यार्थीमाथिको दुर्व्यवहार रोक्न माग गरिएको छ।

काठमाडौँ । निजी विद्यालयमा नेपाली बोलेबापत विद्यार्थीमाथि हुने कारबाहीविरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो ।

कानुन विषयका विद्यार्थीहरू आयुष बडाल, स्मृति अधिकारी र विवेक बख्रेलले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली बोलेबापत पिट्ने र जरिबाना उठाउने गरिएको भन्दै यस्तो कार्य संविधान विपरीत रहेको जिकिरसहित रिट निवेदन दायर गरेका हुन् ।

रिट निवेदनमा निजी विद्यालयहरूको छाता संगठन प्याब्सनसहित प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ ।

नेपाली बोलेमा विद्यार्थीमाथि कारबाही, जरिबाना र मानसिक तनाव दिने क्रम बढेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको रिट निवेदकहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप