जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनता गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति असन्तुष्ट रहेको बताए।
- प्रचण्डले सरकारको गलत काम कारबाहीका कारण जनतामा निराशा बढेको स्वीकार गर्दै राजावादीहरूले यसको फाइदा उठाउन खोजेको आरोप लगाए।
- उनले जनमत सङ्ग्रहको कुरालाई 'वाहियात' भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेकाले अब यो आवश्यक नरहेको बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति असन्तुष्ट रहेको बताएका छन् ।
बिहीबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले नेपाली जनताले गणतन्त्रबाट नै आम नागरिकको जीवनमा परिवर्तन आओस् भन्ने चाहना राखेको बताएका हुन् ।
गणतन्त्र कि राजतन्त्र भन्नेमा जनमत सङ्ग्रह गर्न तपाईँहरू तयार हुनुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले यो वाहियात कुरा भएको बताए । 'संविधानससभा निर्वाचनमार्फत शतप्रतिशत मतमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि के को जनमत सङ्ग्रह ? जनमत सङ्ग्रह भनेको त धेरै तल्लो कुरा भयो' उनले भने
अध्यक्ष प्रचण्डले आफूले तराईमा झन्डै एक करोड मान्छेसँग भेटघाट गरेको र मध्यपहाडी लोकमार्गअन्तर्गत पनि लाखौँ जनतासँग भेटेर फर्किएको बताउँदै यथार्थतामा गणतन्त्र कमजोर भयो भन्ने भाष्य बिलकुल गलत रहेको दाबी गरे । अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गलत काम कारबाहीको कारण जनतामा निराशा बढेको भने स्वीकार गरे ।
राजावादीहरूले वर्तमान सरकारको गलत क्रियाकलापबाट फाइदा उठाउँदै जनतामा बढेको असन्तुष्टिलाई क्यास गर्न खोजेको उनको आरोप छ ।
‘सरकारको नेतृत्व गर्ने पार्टीका कतिपय गलत काम कारबाहीको बारेमा नेतृत्वप्रति वितृष्णा जनतामा भएको छ । अझ पछिल्लो अहिलेको सरकार जो छ, त्यो सरकारको गलत क्रियाकलाप भ्रष्टाचारको बारेमा या सुशासनको बारेमा, सामाजिक न्याय र विभेदको बारेमा सरकारको गलत कामका कारणले मान्छेमा सरकारप्रति रुष्ट त भएकै छन् । त्यो सरकारप्रतिको असन्तुष्टिलाई राजावादीहरूले क्यास गर्न खोजेका छन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण