जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड

समाचार सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनता गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति असन्तुष्ट रहेको बताए।
- प्रचण्डले सरकारको गलत काम कारबाहीका कारण जनतामा निराशा बढेको स्वीकार गर्दै राजावादीहरूले यसको फाइदा उठाउन खोजेको आरोप लगाए।
- उनले जनमत सङ्ग्रहको कुरालाई 'वाहियात' भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेकाले अब यो आवश्यक नरहेको बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति असन्तुष्ट रहेको बताएका छन् ।
बिहीबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले नेपाली जनताले गणतन्त्रबाट नै आम नागरिकको जीवनमा परिवर्तन आओस् भन्ने चाहना राखेको बताएका हुन् ।
गणतन्त्र कि राजतन्त्र भन्नेमा जनमत सङ्ग्रह गर्न तपाईँहरू तयार हुनुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले यो वाहियात कुरा भएको बताए । 'संविधानससभा निर्वाचनमार्फत शतप्रतिशत मतमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि के को जनमत सङ्ग्रह ? जनमत सङ्ग्रह भनेको त धेरै तल्लो कुरा भयो' उनले भने
अध्यक्ष प्रचण्डले आफूले तराईमा झन्डै एक करोड मान्छेसँग भेटघाट गरेको र मध्यपहाडी लोकमार्गअन्तर्गत पनि लाखौँ जनतासँग भेटेर फर्किएको बताउँदै यथार्थतामा गणतन्त्र कमजोर भयो भन्ने भाष्य बिलकुल गलत रहेको दाबी गरे । अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गलत काम कारबाहीको कारण जनतामा निराशा बढेको भने स्वीकार गरे ।
राजावादीहरूले वर्तमान सरकारको गलत क्रियाकलापबाट फाइदा उठाउँदै जनतामा बढेको असन्तुष्टिलाई क्यास गर्न खोजेको उनको आरोप छ ।
‘सरकारको नेतृत्व गर्ने पार्टीका कतिपय गलत काम कारबाहीको बारेमा नेतृत्वप्रति वितृष्णा जनतामा भएको छ । अझ पछिल्लो अहिलेको सरकार जो छ, त्यो सरकारको गलत क्रियाकलाप भ्रष्टाचारको बारेमा या सुशासनको बारेमा, सामाजिक न्याय र विभेदको बारेमा सरकारको गलत कामका कारणले मान्छेमा सरकारप्रति रुष्ट त भएकै छन् । त्यो सरकारप्रतिको असन्तुष्टिलाई राजावादीहरूले क्यास गर्न खोजेका छन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाको नामकरण गरिएको ताल नै सङ्कटमा
-
जनप्रतिनिधिले नागरिकको अपेक्षाअनुसार काम गर्नुपर्छ : सिटौला
-
पृथ्वी पथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउँछ : प्रधानमन्त्री ओली
-
३०० रुपैयाँ बोकेर सहर छिरेका सरोज अहिले कमाउँछन् मासिक १२ लाख
-
चीनले एसियामा सैन्य बल प्रयोग गर्ने तयारी गरिरहेको छ : अमेरिकी रक्षामन्त्री
-
चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौँ पठाइयो