आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

एआईजी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

शुक्रबार, १६ जेठ २०८२, १७ : २८
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • नवनियुक्त एआईजी सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आईजीपी दीपक थापाले शाहलाई शुक्रबार दर्ज्यानी चिन्ह लगाइदिए।
  • बिहीबारको मन्त्रिपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
  • गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई बढुवा सिफारिस गरेको थियो।

काठमाडौँ  । नेपाल प्रहरीका नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । शुक्रबार आईजीपी दीपक थापाले शाहलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । 

बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । जेठ ६ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पदस्थापन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप