एआईजी शाहलाई दर्ज्यानी चिन्ह प्रदान
शुक्रबार, १६ जेठ २०८२, १७ : २८
सारांश
- नवनियुक्त एआईजी सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आईजीपी दीपक थापाले शाहलाई शुक्रबार दर्ज्यानी चिन्ह लगाइदिए।
- बिहीबारको मन्त्रिपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
- गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई बढुवा सिफारिस गरेको थियो।
काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । शुक्रबार आईजीपी दीपक थापाले शाहलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । जेठ ६ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण