एनआरएन जापानको अध्यक्षमा सुवास लामिछानेले उम्मेदवारी दिने
शुक्रबार, १६ जेठ २०८२, १७ : १५

टोकियो । एनआरएनए जापानको चुनाव नजिकै गर्दा, विभिन्न व्यक्तिहरूबाट, विभिन्न पदहरूमा धमाधम प्रतिबद्धतासहितको उम्मेदवारी घोषणा हुन थालेको छ ।
यसैक्रममा पर्वतमा जन्मेर लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आएका हालका एनआरएन जापानका उपाध्यक्ष सुवास लामिछानेले उम्मेदवारी दिने भएका छन् ।
लामिछानेले आफ्नो पहिलो प्राथमिकता प्रवासी नेपालीको समस्यालाई तत्काल समाधान गर्ने संरचनाको विकास गर्ने भएको बताए । आफू नेतृत्वमा आएमा कानुनी विवाह, दुर्घटना, निधन, जस्ता बाधाअड्चनहरुमा गम्भीरतापूर्वक कार्य गर्ने उनले बताए । आगामी जुलाई २० मा एनआरएनए जापानको अधिवेशन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण
-
रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नुपर्नेमा श्रममन्त्रीको जोड
-
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
-
जेठमा १९ फिल्म सेन्सर : विदेशीकै वर्चस्व
-
‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार