फेरि एक पटक रूपान्तरण जरुरी : सचिव भट्टराई
सारांश
- नेकपा एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रूपान्तरणको आवश्यकता औंल्याए।
- भट्टराईले माओवादीको रूपान्तरण र संविधानमा आएको उल्लेख गर्दै राजनीतिक दल र नेताहरूमा पनि रूपान्तरणको खाँचो औंल्याए।
- उनले नयाँ पुस्तालाई अवसर सिर्जना गर्ने र राज्यलाई जनतासँग जोड्नुपर्नेमा जोड दिए, सुशासन र डेलिभरीमा सुधारको आवश्यकता रहेको बताए।
काठमाडौँ । नेकपा एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रूपान्तरणको आवश्यकता रहेको बताएका छन् । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले बन्दुकले सेना कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी पनि रूपान्तरण भएर अहिलेको संविधानमा आएको उल्लेख गर्दै आवश्यक पर्दा राजनीतिक दल र नेताहरू रूपान्तरण भइरहेको बताएका हुन् ।
उनले राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक रूपान्तरण हुन जरुरी रहेको बताए । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पुर्याउने काममा लाग्नुपर्ने उनको भनाई थियो ।
सचिव भट्टराईले भने, ‘हामी वामपन्थीहरू, जो जन्मजातै गणतन्त्रवादी भनेर हिँड्छौँ हामीले आफूलाई । २०४६ सालपछि यो ०४७ को संविधान मान्नुपर्छ । संवैधानिक राजासँग पनि सम्झौता गरेर जान सकिन्छ भन्ने विचार बनायौँ । त्यो रूपान्तरण नभएको भए कसरी हुन्थ्यो । त्यो विचारले काम लागेन । किनकि सम्झौता राजाले भङ्ग गरेका थिए । हामीले होइन । तिमीसँगको सम्झौता भङ्ग भयो, हामी अघि बढ्यौँ भन्यौँ । बन्दुक र सेना बाहेक कुट्ने र मार्ने र हान्ने बाहेक केही नदेखेको माओवादी कसरी ०७२ को संविधानमा आयो । जहाँ बहुदलीय प्रतिस्पर्धा, मानव अधिकार, मान्छेको मूल्य, राजनीतिक चेतनाको कुरा छ ।’
उनले थपे, ‘त्यो हिजोको माओवाद सिद्धान्तमा त्यति मेल खाने कुरा थिएन । आज यहाँ आइपुगेको माओवादी रूपान्तरण बिना कसरी आयो ? हो हामी आवश्यक पर्दा रूपान्तरण हुँदा रहेछौँ । राजनीतिक पार्टी पनि नेता पनि आज फेरि एक पटक अर्को एक झमट रूपान्तरणको आवश्यकता छ । त्यसले हामीलाई यहाँ भन्दा अझ माथि लैजान्छ । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पुर्याउने । आज राज्य जनतासँग नजिक भएको अनुभूति भएन । सुशासन, डेलिभरीका कुराहरू छन् । जो सहज हुनुपर्ने थियो, त्यो सहज नहुँदा मध्यमवर्ग छटपटिएका छन् । गिटी कुट्ने, मकै पोलेर खानेलाई राज्यले खोजेको पनि छैन । राज्यले केही दिएको छैन ।’
सचिव भट्टराईले अवसरहरूको ठिक ढंगले उपयोग गर्नुपर्ने जरुरी रहेको जिकिर गरे । उनले राज्य रूपान्तरण हुन जरुरी रहेको बताउँदै विगतको रूपान्तरणले नपुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण