५ करोड ५० लाखमा बन्ने भयो दिखुवा खोलामा पुल
सारांश
- खोटाङको दिक्तेललाई तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुलको शिलान्यास, जसले यातायात सहज बनाउनेछ।
- पुल निर्माणले बर्खामा हुने सवारी आवतजावतको समस्या समाधान गर्नेछ, अनुमानित लागत ५ करोड ५० लाख रहेको छ।
- पुल बनेपछि खाद्यान्न, इन्धनलगायत दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज हुनेछ, स्थानीय व्यवसायीको भनाइ छ।
खोटाङ । खोटाङको सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा बन्ने पुलका शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले शिलान्यास गरे ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी साधन आवतजावतमा समस्या थियो । प्रदेश सडक पुल सहयोग इकाई इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाईघाटको साझेदारीमा मोटरेबल पुल बन्न लागेको हो ।
पुल निर्माणको लागि करिब ५ करोड ५० लाख लाग्ने भौतिक पूर्वाधार मन्त्रालयको अनुमान छ । ट्रस्ट ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रस्ट प्रदेश सडक पुल सहयोग इकाई इटहरीले उपलब्ध गराउने छ । उक्त पुलका लागि करिब २ करोड बढीको स्टिल ट्रस्ट तयार पारिसकिएको प्रदेश सडक पुल सहयोग इकाई इटहरीका प्रमुख सूर्य नारायण चौधरीले बताउनुभयो । शिलान्यासको दिन शनिबार नै केही स्टिल ट्रस्ट पुल निर्माण स्थलमा पुर्याएको छ । बाँकी क्रमशः ल्याउने प्रमुख चौधरीको भनाइ छ ।
कालोपत्रेको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रेको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटरगरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।
दिखुवा खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएर दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने स्थानीय व्यवसायी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण