यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता
आइतबार, १८ जेठ २०८२, ०२ : १६
काठमाडौं। जर्मनीको म्युनिख एलियान्ज एरिनामा जारी युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन लिगको फाइनलमा पीएसजीले ४ः० को अग्रता कायम गरेको छ।
इटालियन क्लब इन्टर मिलानसँगको खेलको १२ औं मिनेटमा अच्राफ हाकीमीले पहिलो गोल गर्दै टिमलाई १ः० को अग्रता दिलाएका थिए। खेलको पहिलो हाफको २० औं मिनेटमा पीएसजीका लागि दोस्रो गोल गर्दै डेसिरे डुएले २ः० को अग्रता दिलाएका थिए।
दोस्रो हाफको ६६ औं मिनेट आफ्नो दोस्रो गोल गर्दै डुएले टिमको अग्रता बढाएका थिए। दोस्रो गोलको १० मिनेट भित्रै ख्विचा क्वारत्स्खेलिया थप एक गोल गर्दै टिमलाई ४ः० को अग्रता दिलाएका छन्।
आजको खेलमा जीत हात पारे पीएसजी पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको विजेता बन्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण