अनुहार चम्किलो बनाउन लगाउनुहोस् यो फेस प्याक

समाचार सारांश
- गर्मीमा डढेको छालाको लागि चन्दनको प्रयोग उत्तम मानिन्छ, जसले छालालाई प्राकृतिक रूपमा चम्किलो बनाउँछ।
- चन्दनमा बेसार, दही, एलोभेरा, दूध र गुलाबजल मिसाएर फेस प्याक बनाउन सकिन्छ, जसले छालाको ट्यानिङ हटाउन मद्दत गर्छ।
- यी घरेलु उपचारहरूले छालालाई सफा, स्वस्थ र चम्किलो बनाउन मद्दत गर्छन्, तर प्रयोग गर्नुअघि चिकित्सकको सल्लाह लिनु उत्तम हुन्छ।
काठमाडौँ । गर्मीमा छाला डढ्नु सामान्य समस्या हो । डढेको छालालाई प्राकृतिक रूपमा हटाउन चाहनुहुन्छ भने चन्दन तपाईंको लागि उत्तम समाधान हुन सक्छ ।
चन्दनमा एन्टी–इन्फ्लेमेटरी र छालालाई उज्यालो बनाउने गुणहरू पाइन्छ, जसले ट्यानिङ हटाउन त मद्दत गर्छ नै प्राकृतिक रूपमा छालालाई चम्किलो पनि बनाउँछ । तर यसको लागि चन्दनमा केही चीज मिसाउनु पर्छ ।
आजको यस लेखमा गर्मीमा डढेर कालो भएको छालाको रङलाई कसरी सामान्य बनाउने भनेर केही घरेलु उपचारबारे कुराकानी गर्नेछौँ ।
चन्दन, बेसार र दहीको फेस प्याक
चन्दनको धुलोमा एक चिम्टी बेसार, दही र गुलाबजल मिसाएर पेस्ट बनाउनुहोस् । यसलाई १५–२० मिनेटको लागि अनुहारमा लगाउनुहोस् र त्यसपछि सफा पानीले मुख धुनुहोस् । बेसारमा एन्टी–ब्याक्टेरियल गुणहरू हुन्छन्, जसले छालालाई सफा र चम्किलो बनाउँछ ।
चन्दन र एलोभेरा
एक चम्चा चन्दनको धुलोमा ताजा एलोभेराको रस मिसाएर लगाउनुहोस् । एलोभेराले छालालाई चिसो बनाउनुका साथै ट्यानिङ हटाउन मद्दत गर्छ । यो पेस्टले छालालाई हाइड्रेट गर्छ र स्वस्थ पनि बनाउँछ ।
चन्दन र दूध
चन्दनको धुलोमा काँचो दूध मिसाएर पातलो पेस्ट बनाउनुहोस् । अनि यो पेष्टलाई अनुहारमा लगाउनुहोस् । दूधले छालालाई प्राकृतिक रूपमा एक्सफोलिएट गर्छ र सफा बनाउँछ । यसको नियमित प्रयोगले छाला नरम र चम्किलो देखिन थाल्नेछ ।
चन्दन र दही
चन्दनमा दही मिसाएर लगाउनाले छालाका मृत कोषहरू हट्छन् र ट्यानिङ बिस्तारै कम हुन थाल्छ । दहीमा रहेको ल्याक्टिक एसिडले छालालाई एक्सफोलिएट गर्न मद्दत गर्छ ।
चन्दन र गुलाबजल
गुलाबजलमा चन्दनको धुलो मिसाएर पेस्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । गुलाबजलले छालालाई ताजा बनाउँछ र प्राकृतिक चमक दिन्छ ।
यी घरेलु उपचारहरू अपनाएर, तपाईँ कुनै पनि रसायन बिना छालाको ट्यानिङ हटाउन सक्नुहुन्छ । यसको नियमित प्रयोगले तपाईंको छाला सफा, स्वस्थ र चम्किलो रहन्छ ।
अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २: नेपालको ऐतिहासिक जित, १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै