मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
समाचार

गायक तथा संगीतकार गणेश रसिकको निधन

आइतबार, १८ जेठ २०८२, १३ : ५७
आइतबार, १८ जेठ २०८२

काठमाडौँ । गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ । 

७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिए । 

उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । रसिककी छाेरी देश बाहिर रहेकाले भाेलि (साेमबार) मात्रै अन्त्येष्टि गरिने अध्यक्ष थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप