लुम्बिनी प्रदेश : नयाँ सांसद पठाउन आन्तरिक छलफलमा जनमत पार्टी
सारांश
- जनमत पार्टीले लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङको राजीनामापछि नयाँ सदस्य पठाउन आन्तरिक छलफल गर्दैछ।
- पार्टीले निर्वाचन आयोगलाई बुझाएको बन्द सूची अनुसार गीतापछि राजेन्द्र श्रेष्ठको नाम छ, तर उनी सम्पर्कमा छैनन्।
- गीता गुरुङको राजीनामा स्वीकृत भइसकेको छ र अब पार्टीले दलित, थारु कोटाबाट पठाउने कि भन्ने विषयमा छलफल गर्दैछ।
बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य रहेकी गीता गुरुङको ठाउँमा नयाँ व्यक्ति पठाउन सीके राउत नेतृत्वको जनमत पार्टीले आन्तरिक छलफल थालेको छ ।
पार्टीले निर्वाचन आयोगलाई बुझाएको बन्द सूचीमा गीता गुरुङ पछि गुल्मीमा राजेन्द्र श्रेष्ठको नाम रहेको छ। तर श्रेष्ठ लामो समयदेखि पार्टीको सम्पर्कमा छैनन्।
जसका कारणले निर्वाचन आयोग कानुन अनुसार कसलाई र कसरी पठाउने भन्नेबारे पार्टीले आन्तरिक छलफल सुरु गरेको जनमत पार्टीका केन्द्रीय सचिव तथा रुपन्देहीका नेता भूपेन्द्र यादवले रातोपाटीलाई जानकारी दिए ।
उनले भने, 'गीता पछि क्रम अनुसार राजेन्द्र श्रेष्ठ हो । तर उहाँ पार्टीको सम्पर्कमा नभएको लामो समय भयो । अव हामीले अन्यलाई पठाउने हो भने निर्वाचन आयोगले मान्छ कि मान्दैन ? त्यही विषयमा आन्तरिक छलफल र समाधानको खोजीमा छौँ।'
गीताले वैशाख ३० गते इमेल मार्फत लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरलाई राजीनामा पठाएकी थिइन्। हाल बेलायत बस्ने गुरुङको राजीनामा जेठ १४ गते स्वीकृत भइसकेको छ ।
जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सीके गुप्ताले गुरुङ को राजीनामा स्कीकृत भएपछि पार्टीले नयाँ मान्छे पठाउने विषयमा केन्द्रबाट अहिलेसम्म ठोस निर्णय नआएको रातोपाटीलाई बताए। गीता जनजातिको कोटामा सांसद भएकी थिइन् ।
अब राजेन्द्र श्रेष्ठको विकल्पमा दलित, थारु कोटाबाट पठाउने कि भन्ने आन्तरिक मनसाय नेताहरूले बनाए पनि अझै यकिन निर्णय गर्न नसकेको उनले बताए । जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभामा ३ जना सांसदको प्रतिनिधित्व रहेकामा गीताको राजीनामा पछि अहिले दुई जना मात्रै रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण