‘माइतीघर’को गीत ‘वसन्त नै बस्न खोज्छ’मा उपासना र श्यामाश्रीको ठुम्का
काठमाडौँ । ‘माइतीघर’ फिल्ममा रहेको चर्चित गीत ‘वसन्त नै बस्न खोज्छ’ अहिले पनि उत्तिकै सुनिने गरिन्छ । यो गीत अहिले निर्माण भइरहेको फिल्म ‘माइतीघर’मा राखिने भएको छ ।
गीतको छायाङ्कन आइतबारबाट बागलुङ कालिका मन्दिरमा सुरु भएको छ । छायाङ्कन सेटबाट गीतका केही तस्बिर समेत सार्वजनिक भएका छन् । जसमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा देखिएका छन् । तस्बिरमा उनीहरूलाई कोरस डान्सरका साथ देखिएका छन् ।
सुप्रसिद्ध भारतीय गायिका सञ्जीवनीको स्वरमा पुन रेकर्ड भएको गीतको ५ दिनसम्म मन्दिर आसपासमै छायाङ्कन हुनेछ । गीतमा कलाकारलाई नचाउने काम कोरियोग्राफर कमल राईले गरेका छन् । राई नेपाली फिल्मका पुराना तथा चर्चित कोरियोग्राफर हुन् ।
मर्म र भाव जीवन्त रहोस् भनेर गायिका सञ्जीवनीको स्वरमा गीत पुनः रेकर्ड गरिएको फिल्ममा निर्माता रोहित अधिकारीले बताए । ‘गीतको अडियो मात्र होइन, भिडियो पनि उत्कृष्ट हुनेछ’, अधिकारीले भने ‘त्यसैले ५ दिन लगाएर गीत छायाङ्कन गर्दैछौ ।’ गीतमा किरण खरेलको शब्द तथा जयदेभको सङ्गीत छ ।
फिल्म ‘माइतीघर’मा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’सँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका कलाकारको अभिनय रहनेछ ।
मिलन तामाङले निर्देशन गरिरहेको फिल्म सुसन प्रजापतिको छायाङ्कन गरिरहेका छन् । रोहित अधिकारी फिल्मस्काे प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण