गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध

गोरखा । पहिरोका कारण गोरखाका ग्रामीण क्षेत्र प्रवेश गर्ने मुख्य सडकहरु अवरुद्ध बनेका छन् । गोरखा–आरुघाट सडकको ढुङ्गागाडे खण्डमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको हो ।
ग्रामीण क्षेत्रतर्फ जाने मुख्य सडक पहिरोले क्षतिग्रस्त हुँदा उत्तरी गोरखा प्रवेश गर्ने यात्रुले सास्ती खेप्नु परेको छ । सो सडक पहिरिएपछि सदरमुकामबाट सहिदलखन गाउँपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे तथा चुमनुब्री गाउँपालिकातर्फ जाने सवारीसाधन चल्न नसकेका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।
‘ढुङ्गाढेको खोल्सामा कल्भर्ट भासिएको छ’, उनले भने, ‘त्यहाँबाट सवारीसाधन चल्न सकेका छैनन् ।’ सडक क्षतिग्रस्त भएपछि पूर्वाधार विकास कार्यालयले साइनबोर्ड राखी अन्य वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ । साथै जिल्ला प्रशासन कार्यालयले सार्वजनि सूचना जारी गरी सो सडक मर्मत नहुञ्जेल वैकल्पिक मार्ग अपनाउन सूचित गरेको छ ।
सहायक जिल्ला प्रमुख अधिकारी एवं विपद् फोकल पर्सन चित्राङ्गत बरालले गोरखा–आरुघाट सडकमा चारपाङ्ग्रे सवारीसाधान आवतजावत हुन नसक्ने गरी क्षति पुगेको बताए । पूर्वाधार कार्यालयका प्रमुख गणेश सुवेदीले सो सडक यथाशीघ्र मर्मत गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल
-
यस्ताे छ शुक्रबार विदेशी मुद्राको विनिमयदर