‘बटरफ्लाई भुटान’ लाई सर्वोत्कृष्ट पुरस्कार दिँदै सकियो किम्फ
सारांश
- काठमाडौँमा सम्पन्न २२औँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा विभिन्न देशका चलचित्रहरू प्रदर्शन भएका छन् ।
- सोनाम याङ्जोमको 'बटरफ्लाई भुटान' ले इसिमोड सर्वोत्कृष्ट पर्वतीय चलचित्र पुरस्कार जित्यो भने अन्य विधामा पनि विभिन्न चलचित्र पुरस्कृत भए।
- महोत्सवमा विभिन्न विधामा पुरस्कार वितरण गरियो, जसमा नेपाली र अन्तर्राष्ट्रिय चलचित्रहरू समावेश थिए, र आगामी वर्ष अझ राम्रो कार्यक्रम आयोजना हुने कुरा जानकारी गराइयो।
काठमाडौँ । २२ औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) आइतबार साँझ सकिएको छ । ‘खण्डित आवाज, निर्मित भाष्य’ नारा रहेको महोत्सवमा ३० देशका ६५ भन्दा बढी चलचित्र प्रदर्शन भए ।
ती चलचित्रमध्ये इसिमोड सर्वोत्कृष्ट पर्वतीय चलचित्र पुरस्कार सोनम याङ्जोमको ‘ बटरफ्लाई भुटान’ ले प्राप्त गर्यो । भारतका मनोहर के.लाई बर्ड अफ अ डिफरेन्टका लागि केयू इमर्जिङ फिल्ममेकर पुरस्कार प्रदान गरियो ।
केन्जी सुकोमोटो निर्देशित अशिमाले सर्वोत्कृष्ट माउन्टेरिङ्ग एन्ड एक्स्प्लोरेसन फिल्म पुरस्कार जिते भने फेलिन गेर्हाड्र्टको माइनस् १०३ डिग्रीजले सोही विधामा विशेष उल्लेख प्राप्त गरेको थियो ।
अन्तर्राष्ट्रिय विधामा, फाम नोच लानको क्यू ली नेभर क्राइज्ले सर्वोत्कृष्ट फिचर फिक्शन चलचित्र पुरस्कार जित्यो भने याकूप तेकिन्तान्जाक निर्देशित मोरीले सर्वोत्कृष्ट सर्ट फिक्सन चलचित्र जित्यो ।
त्यस्तै,यी–शान लोज्को आफ्टर द स्नोमेल्टले पनि सर्वोत्कृष्ट फिचर डकुमेन्ट्री जितेर सम्मान प्राप्त गर्यो । डोमिनिक साइनरको विन्टर टाइगाले सर्वोत्कृष्ट छोटो वृत्तचित्र पुरस्कार प्राप्त गर्यो ।
नेपाल पानोरामा अन्तर्गत सौरभ घिमिरेको सन्ग्स् अफ लभ एन्ड हेटले सर्वोत्कृष्ट नेपाली फिक्सन चलचित्र पुरस्कार जित्यो भने साजा सुनुवार निर्देशित छाऊले सर्वोत्कृष्ट नेपाली वृत्तचित्र पुरस्कार प्राप्त गर्यो र अडियन्स अर्वाड भने कलानी गोकनको फेमली म्यानले जित्न सफल भयो ।
यस वर्षको पटकथा प्रत्यक्ष पिच सत्रमा तीन विजेता घोषणा भए । श्रीया सिंहले ब्रिटिस काउन्सिल पुरस्कार (रु. १,५०,०००) प्राप्त गरिन् भने आकृति श्रेष्ठले गोएथे सेन्ट्रम पुरस्कार (रु. १,००,०००) जितिन् र सुष्मिता बोगटीले शान्ता नेपाली प्रोडक्सन पुरस्कार (रु.३,५०,००० बराबरको प्रोडक्सन् एन्ड पोस्ट प्रोडक्सन् मद्दत) प्राप्त गरिन् ।
किम्फ फाउन्डेसनका बोर्ड सदस्य शेखर खरेलले किम्फको आगामी संस्करण अझ प्रभावकारी रूपमा आयोजना हुने जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण