सबैभन्दा धेरै बजेट जनकपुरधाम उपमहानगरपालिकालाई, अरूले कति पाए ?
सारांश
- आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ११ उपमहानगरपालिकालाई ११ अर्ब ५९ करोड २० लाख रुपैयाँ अनुदान दिने भएको छ।
- यो रकम चालु आर्थिक वर्षको भन्दा ५.८९ प्रतिशतले कम हो। जनकपुरधामले सबैभन्दा धेरै बजेट पाउँदा बुटवलले सबैभन्दा कम बजेट पाएको छ।
- जनकपुरधामको बजेट चालु वर्षको भन्दा २९.९९ प्रतिशतले बढी छ भने इटहरीको बजेट २८.५२ प्रतिशतले घटेको छ।
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि देशभरका ११ वटा उपमहानगरपालिकालाई ११ करोड ५९ करोड २० लाख रुपैयाँ अनुदान दिने भएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकमअनुसार चालु आर्थिक वर्षको तुलनामा यस्तो बजेट ५.८९ प्रतिशतले कमी हो ।
चाल आर्थिक वर्षमा उपमहानगरपालिकाहरूका लागि ११ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट पाउने उपमहानगर जनकपुरधाम हो भने सबैभन्दा थोरै बजेट बुटवलले पाएको छ ।
गत वर्ष सबैभन्दा धेरै बजेट इटहरीले पाएको थियो भने । गत वर्ष पनि सबैभन्दा थोरै बुटवलले नै पाएको थियो ।
जनकपुरधामले आगामी वर्षका लागि १ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ बजेट पाएको छ । यो चालु वर्षको तुलनामा २९.९९ प्रतिशतले बढी हो । चालु वर्ष यो उपमहानगरपालिकाले १ अर्ब २ करोड ८५ लाख रुपैयाँ बजेट पाएको थियो ।
यस्तै सबैभन्दा थोरै बुटवललाई ८४ करोड ८३ लाख विनियोजन भएको छ । चालु वर्षमा यो उपमहानगरपालिकाले ८६ करोड ४२ लाख बजेट प्राप्त गरेको थियो । अर्थात् चालु वर्षको तुलनामा १.८४ प्रतिशतले घटेको हो ।
यस्तै दोस्रो धेरै बजेट पाउनेमा इटहरी हो । यसले १ अर्ब २१ करोड ४४ लाख रुपैयाँ बजेट पाएको छ । उसको बजेट चालु वर्षको तुलनामा २८.५२ प्रतिशतले घटी हो । चालु वर्षका लागि इटहरीका लागि १ अर्ब ६९ करोड ९० लाख रुपैयाँ विनियोजन भएको थियो ।
कुन उप–महानगरपालिकाले कति पाए बजेट ? चालु वर्षको बजेट तुलनासहित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण