बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उपमहानगरलाई बजेट

सबैभन्दा धेरै बजेट जनकपुरधाम उपमहानगरपालिकालाई, अरूले कति पाए ?

सोमबार, १९ जेठ २०८२, १५ : ५१
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ११ उपमहानगरपालिकालाई ११ अर्ब ५९ करोड २० लाख रुपैयाँ अनुदान दिने भएको छ।
  • यो रकम चालु आर्थिक वर्षको भन्दा ५.८९ प्रतिशतले कम हो। जनकपुरधामले सबैभन्दा धेरै बजेट पाउँदा बुटवलले सबैभन्दा कम बजेट पाएको छ।
  • जनकपुरधामको बजेट चालु वर्षको भन्दा २९.९९ प्रतिशतले बढी छ भने इटहरीको बजेट २८.५२ प्रतिशतले घटेको छ।

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि देशभरका ११ वटा उपमहानगरपालिकालाई ११ करोड ५९ करोड २० लाख रुपैयाँ अनुदान दिने भएको छ । 

अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकमअनुसार चालु आर्थिक वर्षको तुलनामा यस्तो बजेट ५.८९ प्रतिशतले कमी हो । 

चाल आर्थिक वर्षमा उपमहानगरपालिकाहरूका लागि ११ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 

आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट पाउने उपमहानगर जनकपुरधाम हो भने सबैभन्दा थोरै बजेट बुटवलले पाएको छ । 

गत वर्ष सबैभन्दा धेरै बजेट इटहरीले पाएको थियो भने । गत वर्ष पनि सबैभन्दा थोरै बुटवलले नै पाएको थियो । 

जनकपुरधामले आगामी वर्षका लागि १ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ बजेट पाएको छ । यो चालु वर्षको तुलनामा २९.९९ प्रतिशतले बढी हो । चालु वर्ष यो उपमहानगरपालिकाले १ अर्ब २ करोड ८५ लाख रुपैयाँ बजेट पाएको थियो । 

यस्तै सबैभन्दा थोरै बुटवललाई ८४ करोड ८३ लाख विनियोजन भएको छ । चालु वर्षमा यो उपमहानगरपालिकाले ८६ करोड ४२ लाख बजेट प्राप्त गरेको थियो । अर्थात् चालु वर्षको तुलनामा १.८४ प्रतिशतले घटेको हो । 

यस्तै दोस्रो धेरै बजेट पाउनेमा इटहरी हो । यसले १ अर्ब २१ करोड ४४ लाख रुपैयाँ बजेट पाएको छ । उसको बजेट चालु वर्षको तुलनामा २८.५२ प्रतिशतले घटी हो । चालु वर्षका लागि इटहरीका लागि १ अर्ब ६९ करोड ९० लाख रुपैयाँ विनियोजन भएको थियो । 

कुन उप–महानगरपालिकाले कति पाए बजेट ? चालु वर्षको बजेट तुलनासहित 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप