रूस र युक्रेनबिच इस्तानबुलमा शान्ति वार्ता हुने
काठमाडौँ । टर्कीको इस्तानबुलमा रुस र युक्रेनको बिचमा दोस्रो चरणको शान्ति वार्ता हुने भएको छ । आइतबार राति युक्रेनले रुसी एयरबसहरूलाई निशाना बनाएर व्यापक ड्रोन हमला गरेपछि यो शान्ति वार्ता हुनेमा आशङ्का गरिएको थियो । तर, सोमबार दुई पक्षबिच वार्ता हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
वार्तामा दुवै पक्षले पूर्ण युद्धविराम र शान्तिको स्थायी बाटोको बारेमा आ–आफ्नो धारणाबारे छलफल गर्ने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई वार्ताका लागि दबाब दिइरहेका छन् ।
दुई पक्षबिच गहिरो मतभेदका बिचमा ट्रम्पले वार्ताबाट टाढिने घुर्की देखाएका थिए । वार्ता सुरु हुनु अघि आफूहरूले युक्रेनबाट शान्ति सम्झौताको मस्यौदा प्राप्त गरेको रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर जेलेन्स्कीले भनेका छन् ।
युक्रेनले रुसी मस्यौदा पाएको पाएन भन्ने थाहा हुन सकेको छैन । शान्ति वार्तामा युक्रेनी टोलीको प्रतिनिधित्व युक्रेनी रक्षा मन्त्री रुतम उमेरोभले गरिरहेका छन् ।
मे १६ मा इस्तानबुलमा भएको पहिलो चरणको वार्तामा दुवै पक्षले हजार भन्दा धेरै बन्दीहरूलाई साटासाट गरेका थिए । तर त्यतिबेला शान्ति वा युद्ध विरामको कुनै सङ्केत पाइएन ।
जुन १ मा युक्रेनले रुस भित्र ४००० किलोमिटर भित्र प्रवेश गरेर आक्रमण गरेको थियो । यी आक्रमणहरूमा रुसका ५ प्रमुख एयरबेस, बेलाया, डायगिलेभो, इभानोभो, ओलेन्या र अन्य ध्वस्त पारिएको थियो ।
युक्रेनले गरेको मिसाइल आक्रमणमा रुसका ४१ वटा लामो दूरीका बमवर्षकहरू नष्ट भएको खबर आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण