चिडियाखानाको रेडपाण्डा चोर्न खोजेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । ललितपुरको जावलाखेल स्थित चिडियाखानामा राखेको दुर्लभ प्रजातिको रेडपाण्डा (हाब्रे) चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भएर स्वयम्भु बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारत घर भएर स्वयम्भु बस्ने २६ वर्षीय मोहमद ताफिक छन् । आरोपीहरूलाई स्वयम्भुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
चिडियाखाना घुम्ने बहानामा गएका उनीहरूले वैशाख ३० मा रेडपाण्डालाई समातेर झोलामा राखेर बाहिर लैजाने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
चोरीमा संलग्न मोहमद ताफिक स्वयम्भु क्षेत्रमा चराचुरुङ्गीको व्यवसाय गर्छन् । उनले कृष्ण गुरुङको सहयोग लिएर दोस्रो प्रयासमा रेडपाण्डालाई समातेर चिडियाखाना बाहिर लैजान खोजे पनि पाण्डा कराएर भाग्दै रुखमा चढेपछि उनीहरू असफल भएका हुन् ।
आरोपीहरू विरुद्ध चोरी उद्योग सम्बन्धी कसुरमा सोमबार ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण