बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

चिडियाखानाको रेडपाण्डा चोर्न खोजेको आरोपमा दुई जना पक्राउ

सोमबार, १९ जेठ २०८२, १९ : ४९
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । ललितपुरको जावलाखेल स्थित चिडियाखानामा राखेको दुर्लभ प्रजातिको रेडपाण्डा (हाब्रे) चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ घर भएर स्वयम्भु बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारत घर भएर स्वयम्भु बस्ने २६ वर्षीय मोहमद ताफिक छन् । आरोपीहरूलाई स्वयम्भुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।

चिडियाखाना घुम्ने बहानामा गएका उनीहरूले वैशाख ३० मा रेडपाण्डालाई समातेर झोलामा राखेर बाहिर लैजाने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

चोरीमा संलग्न मोहमद ताफिक स्वयम्भु क्षेत्रमा चराचुरुङ्गीको व्यवसाय गर्छन् । उनले कृष्ण गुरुङको सहयोग लिएर दोस्रो प्रयासमा रेडपाण्डालाई समातेर चिडियाखाना बाहिर लैजान खोजे पनि पाण्डा कराएर भाग्दै रुखमा चढेपछि उनीहरू असफल भएका हुन् । 

आरोपीहरू विरुद्ध चोरी उद्योग सम्बन्धी कसुरमा सोमबार ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप