आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री
इलाम । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताएका छन् ।
सोमबार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामअन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजनासम्बन्धी सरोकारवालाहरूसँगको अन्तरक्रियामा मन्त्री यादवले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याइने बताएका हुन् ।
उनले भने,“खानेपानीजस्तो अत्यावश्यक चिजलाई ढिलासुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ ।”तोकिएको समयमा योजना सम्पन्न नगर्ने गुनासो सुनिएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने उनले जानकारी दिए ।
उनले भने,“कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु । आज समस्या समाधान निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नुपर्छ, कि त ठेक्का रद्द गर्नुपर्छ ।”
उक्त कार्यक्रममा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव इ प्रमिलादेवी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।
सरकारले आधारभूत स्तरको खानेपानी सेवा जनताको पहुँचमा पु–याउने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना तर्जुमा गरेको थियो ।
सोही आयोजनाअन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजनास्थल सूर्योदय नगरपालिका–३, ६–८, १०–१४, इलाम नगरपालिका–१० र रोङ गाउँपालिका–३ मा निर्माण भइरहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण