नेपालको रोमाञ्चक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
सारांश
- नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गर्यो, २९७ रनको लक्ष्य पछ्याउँदै रोमाञ्चक जित दर्ता गर्यो।
- स्कटल्याण्डले २९६ रन बनाएको थियो, जसमा चार्ली टियरले ८० रन बनाए भने नेपालका रिजन ढकाल, करन केसी र सोमपाल कामीले २-२ विकेट लिए।
- करन केसीको उत्कृष्ट प्रदर्शन र कुशल भुर्तेलको अर्धशतकले नेपाललाई जित दिलायो, र नेपाल अंक तालिकामा सातौं स्थानमा उक्लियो।
काठमाडाैं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज डन्डीमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले स्तब्ध पार्दै रोमाञ्चक जित निकालेको छ।
स्कटल्याण्डले दिएको २९७ रनको विशाल लक्ष्य पछ्याउँदै नेपालले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै रोमाञ्चक जित दर्ता गर्यो। १ बल बाँकी रहँदा नेपाल सङ्घर्षपूर्ण पारी खेल्दै जित हात पारेकाे हो ।
सोमबार स्कटल्याण्डको डन्डीमा जारी खेलमा घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९६ रन बनाएको थियो ।
टोलीका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रनको योगदान दिए । उनले ७२ बलमा १२ चौका र १ छक्काको मद्दतले ८० रन जोडे ।फिनले म्याक्रेथले पनि अर्धशतक बनाए । उनले ६७ बलमा ५५ रन जोड्दै अन्तिम ओभरमा आउट भए । उनले ३ चौका र १ छक्का प्रहार गरे ।
कप्तान रिची बेरिङटनले ४६ बलमा ४० रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ३ चौका र २ छक्का हिर्काए । विकेटकिपर म्याथ्यु क्रसले ५६ बलमा ३९ रन बनाए ।नेपालका लागि रिजन ढकाल, करन केसी र सोमपाल कामीले २–२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट हात पारे ।
२ सय ९७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ४४ बलमा ११ चौकासहित आफ्नो अर्धशतक पुरा गरे भने अर्का ओपनर आसिफ शेखले ३३ बलमा २० रन बनाए ।
आजको खेलमा भीम सार्कीले ४८ बलमा ४० रन, कप्तान रोहित पौडेलले ३७ रन, गुल्शन झाले ३० बलमा ४२ रन बनाएका थिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ८, सोम्पाल कामी १ र आरिफ शेख ७ रनको योगदान दिए ।
आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीको सानदार प्रर्दशनले नेपाललाई आजको जित आफ्नो पक्षमा सहयोग पुग्यो । उनले ४१ बलमा तीन चौका र चार छक्कासहित ६५ रन बनाए ।
जितसँगै नेपाल तालिकाको सातौँ स्थानमा उक्लिएको छ भने पराजित भएको स्कटल्याण्ड चाैथाे स्थानमा यथावत् रहेको छ भने तालिकाकाे पहिलो स्थानमा अमेरिका रहेको छ ।
यो शृङ्खला २०२५ जुन २ देखि १२ तारिखसम्म डन्डीमा आयोजना हुनेछ। यो त्रिकोणात्मक सिरिज २०२४–२६ विश्वकप लिग २ को तेह्रौँ चरण हो, जसमा सहभागी तीन देशहरू –नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सले एक अर्कासँग एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरू खेल्नेछन्।
नेपालले दोस्रो खेल जुन ४ तारिखमा नेदरल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेल जुन ८ तारिखमा स्कटल्यान्डसँग खेल्ने कार्यक्रम छ । नेपालले चौथो खेल जुन १० तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण