‘द ब्ल्यू लाइट’को शुभमुहूर्त
सारांश
- काठमाडौँमा 'द ब्ल्यू लाइट' चलचित्रको शुभमुहूर्त सम्पन्न भयो, जसमा कलाकार र प्राविधिकको उपस्थिति थियो।
- बलिराम चौहानको निर्देशनमा बन्ने यो साइकोलोजिकल थ्रिलर जनराको फिल्मको छायाङ्कन २२ गतेबाट सुरु हुनेछ।
- चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, बेनिशा हमाल लगायतका कलाकारहरूको अभिनय रहनेछ, र यो २०२५ भित्र रिलिज हुनेछ।
काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तमा कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । चलचित्रको छायाङ्कन २२ गते बिहीबारबाट सुरु हुनेछ ।
काठमाडौँ उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने चलचित्रको छायाङ्कन तालिका २० दिन तय गरिएको छ । ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्न लागेका हुन् । चौहानले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीलगायतको अभिनय रहनेछ ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रूपमा रमन ग्रे रहनेछन् । चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गर्नेछन् ।
निर्देशक चौहानले चलचित्रको कथावस्तु गोप्य राखेका छन् । ‘बिस्तारै हाम्रा प्रचार कन्टेनमार्फत कथावस्तुबारे हामी जानकारी दिँदै जानेछौँ,’ निर्देशक चौहानले भने, ‘हामी यो जानराकै एक उत्कृष्ट चलचित्र बनाउने छौँ । दर्शकले रुचाउने चलचित्र बनाउने छौँ ।’
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण