जनमतले प्रशिक्षण कार्यक्रम चलाउँदै, उपस्थित नभए वडा इकाइ भङ्ग गर्ने चेतावनी
काठमाडौँ । जनमत पार्टीले मधेश प्रदेशमा संघीय निर्वाचन क्षेत्रस्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
जेठ २२ गतेदेखि सुरु हुने कार्यक्रम सप्तरीदेखि पर्सासम्म आठ जिल्लाका ३२ वटै निर्वाचन क्षेत्रमा हुने जनाइएको छ ।
असार १२ गतेसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको संयोजन राष्ट्रिय परिषद्ले समन्वय गर्ने छ । कार्यक्रम राष्ट्रिय परिषद् समन्वय बैठकको रूपमा हुने र संगठन विभाग प्रमुख डा. जयकान्त राउत प्रमुख अतिथि रहने पार्टीले जनाएको छ ।
यस बैठकमा राष्ट्रिय परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, पालिका तथा वडास्तरीय अध्यक्ष र सचिवहरूको अनिवार्य सहभागिता रहने भनिएको छ । साथै सहभागीहरूले पछिल्ला तीन पटकसम्म बैठकको माइन्युटको फोटोकपी लिएर उपस्थित हुन पार्टीले अनिवार्य गरेको छ ।
निर्धारित मिति र स्थानमा उपस्थित नहुने वडा इकाइहरूलाई निष्क्रिय ठहर गरी पुनर्गठन प्रक्रिया बढाइने पनि पार्टीले चेतावनी दिएको छ ।
'जय जनमत, जय स्वराज' नारासहित बढाइएको यो अभियान पार्टी संगठन सुदृढीकरण तथा नीतिगत छलफलका दृष्टिले महत्वपूर्ण हुने पार्टीले अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण