हाम्रो आन्दोलनविरूद्ध आउने जोकोहीलाई जनताले प्रतिकार गर्छन् : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले जनयुद्धको समय नरहेकाले भ्रममा नपर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले मङ्गलवार काठमाडौँको सिफलमा आयोजना गरेको प्रदर्शनमा लिङ्देनले हिजोकै जस्तो मान्छेलाई तर्साएर आफ्नो मुनी राख्न सकिन्छ की भन्ने भ्रमबाट मुक्त हुन प्रचण्डलाई आग्रह गरेका हुन् ।
आफूहरूको आन्दोलन प्रचण्ड वा कुनै दलको विरुद्ध नभई देशमा गणतन्त्रका नाममा भइरहेको लुटतन्त्र अन्त्य गर्नका लागि लडिरहेको उनले बताए । उनले आफूहरूको आन्दोलनविरुद्ध आउने जोकोहीलाई जनताले प्रतिकार गर्ने उल्लेख गरे । त्यस्तै अध्यक्ष लिङ्देनले निषेधाज्ञा विस्तार गर्ने, प्रदर्शनलाई रोक लगाउने काम संविधान विपरीत रहेकाले यस्ता निर्णय फिर्ता लिन माग समेत गरे ।
राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बानेश्वरमा
-
२०८४ मा डिजिटल वार हुन्छ, तयारी नगरे पाखा परिन्छ : गौतम
-
च्याम्पियन्स लिगको फाइनल हेर्न जब यी दुई युवा २७ घण्टा बाथरुममा लुके !
-
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा
-
अन्नपूर्ण चर्चित भयो तर गुमनाम छ हार्जोग हिँडेको बाटो
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु