नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
शुक्रबार, २३ जेठ २०८२, १३ : ०१
सारांश
- काठमाडौंको नागढुंगामा प्रहरीले ४५ लाख ६३ हजार बराबरको सुन बरामद गर्यो।
- प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा सुन फेला पारेको हो।
- सुनसहित भारतका एक व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धानका लागि भन्सार कार्यालय पठाइयो।
काठमाडौँ । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट ४५ लाख ६३ हजार मूल्य बराबरको सुन बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा.प्र.–०३–००१ ख ३१३९ नम्बरको बस चेकजाँच गदा सुन भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
टुक्रा सुन लिएर आएका ३१ वर्षीय महादेव सामन्तलाई प्रहरीले पक्राउ गरेको छ । उनी भारत वेस्ट बङ्गालका स्थानीय हुन् । थप अनुसन्धान र कारबाहीका लागि उनलाई विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण