नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
शुक्रबार, २३ जेठ २०८२, १३ : ०१

समाचार सारांश
- काठमाडौंको नागढुंगामा प्रहरीले ४५ लाख ६३ हजार बराबरको सुन बरामद गर्यो।
- प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा सुन फेला पारेको हो।
- सुनसहित भारतका एक व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धानका लागि भन्सार कार्यालय पठाइयो।
काठमाडौँ । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट ४५ लाख ६३ हजार मूल्य बराबरको सुन बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा.प्र.–०३–००१ ख ३१३९ नम्बरको बस चेकजाँच गदा सुन भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
टुक्रा सुन लिएर आएका ३१ वर्षीय महादेव सामन्तलाई प्रहरीले पक्राउ गरेको छ । उनी भारत वेस्ट बङ्गालका स्थानीय हुन् । थप अनुसन्धान र कारबाहीका लागि उनलाई विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश : कुन मन्त्रालयले कति पाए बजेट ?
-
कारागारभित्र अबोध बालबालिका
-
नेसपा (नयाँ शक्ति) को केन्द्रीय बैठकबाट ११ बुँदे राजनीतिक प्रस्ताव पारित
-
बेलायतको ओपन कन्सर्टमा अन्जु पन्त र खेम सेन्चुरीले नचाए दर्शक
-
लन्डनमा एक नेपाली युवा कार्यस्थलमा मृत फेला
-
पाँचथरको हेवाखोलामा पुल भाँचिदा ज्यान गुमाउनेहरु बाराका, घटनापछि गाउँमा शोक