च्याम्पियन्स लिगको फाइनल हेर्न जब यी दुई युवा २७ घण्टा बाथरुममा लुके !
सारांश
- च्याम्पियन्स लिग फुटबलको फाइनल हेर्न दुई युवाले अनौठो उपाय अपनाए। उनीहरूले मजदुरको भेषमा रंगशालामा प्रवेश गरे र २७ घण्टा बाथरुममा बिताए।
- बेल्जियमका निल रेमेरी र सिन हेवरबेकसँग टिकट किन्ने पैसा थिएन। उनीहरूले यसअघि बेल्जियम कपको फाइनलमा पनि यस्तै तरिका अपनाएका थिए।
- पीएसजी र इन्टर मिलानबीचको फाइनल खेल म्युनिखमा भएको थियो, जसमा पीएसजीले ५-० गोलले जित हासिल गर्यो।
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेल अघिल्लो साता जर्मनीको म्युनिखमा देखिएको थियो । मे ३१ तारिखमा खेलिएको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले बलियो इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानलाई ५–० गोलले हराउँदै उपाधि चुमेको थियो ।
यहाँ च्याम्पियन्स लिगको फाइनल खेलको भन्दा पनि पीएसजी र इन्टर मिलानबिचको उपाधि भिडन्त हेर्न दुई युवाले गरेको चर्तिकलाको चर्चा गर्न खोजिएको हो । खासमा बेल्जियमका निल रेमेरी र सिन हेवरबेकसँग च्याम्पियन्स लिगको दुई वटा टिकट खरिद गर्न पैसा थिएन ।
यी दुवै युवा फाइनल हेर्न जसातेसो बेल्जियमबाट जर्मनी पुगेका थिए । फाइनल खेलभन्दा एक दिनअघि नै उनीहरू म्युनिख पुगिसकेका थिए । त्यसपछि उनीहरू अघिल्लो दिन नै मजदुरको भेष बनाएर रङ्गशालाभित्र प्रवेश गरेका थिए । उनीहरूले टिकटकर पनि हुन् ।
यी दुई युवाले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफूहरूले च्याम्पियन्स लिगको फाइनल हेर्न लगाएको जुक्तिको बारेमा बताएका छन् । ‘फाइनलभन्दा एक दिनअघि श्रमिकहरू रङ्गशालामा काम गरिरहेका थिए । हामी पनि श्रमिक बनेर रङ्गशालामा प्रवेश गर्यौँ,’ उनीहरूले भनेका छन् ।
त्यसपछि अन्य श्रमिकसँग मिलेर आफूहरूले रङ्गशालामा काम गरेको पनि उनीहरूले बताएका छन् । ‘त्यसपछि हामी बाथरुममा गएर बस्यौँ । बाहिर ढोकामा यो बाथरुम बिग्रिएको छ भनेर सूचना टाँसेका थियौँ । त्यसैले अरू कसैले त्यो बाथरुमको ढोका नै खोलेनन्,’ उनीहरूले बताएका छन् ।
आफूहरूले फाइनल खेल सुरु हुनुअघि २७ घण्टा त्यो बाथरुममा बिताएको पनि निल र सिनले बताएका छन् । ‘हामी लगातार २७ घण्टा त्यो बाथरुममा बस्यौँ । हामीले खाने सामान आफैसँग लगेका थियौँ । समय बिताउनका लागि फोनमा गेम खेलेर बस्यौँ,’ निलले भनेका छन् ।
लामो समय सानो बाथरुममा बस्दा शारीरिक र मानसिक रूपमा भने थकित भएको अनुभव पनि उनीहरूले सुनाएका छौँ । ‘रातभर स्टेडियमको बत्ती बलिरहेकाले खासै समस्या भएन । तर, लामो समय एउटा सानो ठाउँमा बस्दा शारीरिक र मानसिक थकान भने निकै हुने रहेछ,’ सिनले भनेका छन् ।
खेल सुरु हुनुअघि मात्र आफूहरू बाथरुमबाट बाहिर निस्किएको उनीहरूले बताएका छन् । ‘खेल सुरु हुनुअघि दर्शक रङ्गशालामा आउन थालेका थिए । त्यसपछि हामी पनि चनाखो हुँदै बाथरुमबाट निस्किएर दर्शक दीर्घामा पुग्यौँ,’ उनीहरूले आफ्नो चर्तिकला बताएका छन् ।
निल र सिनले यसअघि आफूहरू बेल्जियम कपको फाइनलमा पनि यसरी नै रङ्गशालाभित्र प्रवेश गरेको बताएका छन् । ‘हामीले यसअघि टिकट खरिद नगरी बेल्जियम कपको फाइनल पनि हेरेका थियौँ । त्यतिबेला हामी चिप्स बेच्ने व्यक्तिको भेष बनाएर रङ्गशालाभित्र प्रवेश गरेका थियौँ,’ निल भन्छन् ।
च्याम्पियन्स लिग फुटबलको फाइनल हेर्नु आफूहरूका लागि फरक अनुभव भएको पनि उनीहरूले बताएका छन् । ‘वास्तवमै फाइनल खेल गजबको थियो । हामी पीएसजीको समर्थक बस्ने स्थानमा थियौँ । पीएसजीले जित्दा निकै खुसी लाग्यो,’ सिनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण