उच्च बार पोखरामा राजनीतिक सहमति, अध्यक्षमा डीएलएको एकल उम्मेदवारी

पोखरा । राजनीतिक सङ्घ सङ्गठनको सहमतिमा उच्च अदालत बार एसोसिएसनमा नयाँ समिति चयन हुने भएको छ । चार सङ्गठनको सहमतिमा नेतृत्वसहित सबै पदाधिकारी र सदस्य चयन हुन लागेको हो ।
सहमतिअनुसार अध्यक्षमा नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का शालिग्राम भट्टराईले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा यामबहादुर खत्री र सचिवमा प्रकाश शर्माको उम्मेदवारी परेको छ ।
यसैगरी सहसचिवमा ईश्वरी पौडेल र कोषाधध्यमा सुजाता ढकालको उम्मेदवारी परेको छ । अध्यक्षसहित सचिव र कोषाध्यक्ष डीएलएको भागमा परेको छ भने उपाध्यक्ष र सहसचिव एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) को भागमा परेको छ ।
सदस्यमा डीएलएका ४, नेकपा माओवादी केन्द्रनिकट क्रान्तिकारी कानुन व्यवसायी सङ्गठन (आरपीएलए) २, पीपीएलएका १ र समाजवादी कानुन व्यवसायी सङ्गठन (एसपीएलए) को भागमा १ जना भाग लगाइएको छ ।
एसपीएलए नेकपा एकीकृत समाजवादीनिकट संस्था हो । उच्च अदालत बारमा ४ सय ५६ जना मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल
-
यस्ताे छ शुक्रबार विदेशी मुद्राको विनिमयदर