शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

राजावादी आन्दोलन रोकिएपछि राप्रपा नेताहरूका लागि सुरक्षाकर्मी पठाउँछौँ : गृहमन्त्री लेखक

बुधबार, २१ जेठ २०८२, ०९ : ५३
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएर आन्दोलनमा खटाएको बताए ।
  • राप्रपाका नेताहरूको सुरक्षाकर्मी फिर्ता बोलाइएको प्रश्नमा उनले आन्दोलनका कारण सुरक्षाकर्मी फिर्ता बोलाएको र आन्दोलन रोकिएपछि पुनः खटाइने बताए ।
  • उनले गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्किने कुराले मुलुकलाई अन्धकारमा लैजाने भन्दै संविधानका आधारभूत व्यवस्था उल्ट्याउने काम नगर्न चेतावनी दिए ।

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूको लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लेखकले यस्तो बताएका हुन् ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै प्रश्न गरेका थिए । सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो । 

उक्त प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्ने बित्तिकै पुनः खटाइने स्पष्ट पारे ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, सङ्घीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए । संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा नलाग्न उनले चेतावनी दिए । 

गृहमन्त्री लेखकले गणतन्त्र, संविधान फाल्न नमिल्ने र फाल्न नहुने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप