शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

गृहमन्त्रीको गतिविधिले शङ्का पैदा भयो : माओवादी केन्द्र

बुधबार, २१ जेठ २०८२, १० : २२
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउन माग गरेका छन्।
  • विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन्, जसले शंका उत्पन्न गरेको छ।
  • पाण्डेले सरकारले सुशासनको सट्टा कुसंस्कारका काम गरिरहेको आरोप लगाउँदै विधेयकहरू छिटो टुङ्गो लगाउन नसकेको बताए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने बताए । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी राजनीतिक दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरिरहेका छन् । 

राजीनामा माग्दै सदन अवरुद्ध गरिरहेको बेलामा गृहमन्त्री लेखकले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शङ्का पैदा गरेको पाण्डेले बताए । 

नागरिकहरू सुशासन खोजिरहेका बेला सरकारले झनै कुसंस्कारका काम गरिरहेको उनको आरोप छ । 

सो अवसरमा प्रमुख सचेतक पाण्डेले सरकारले विधेयकहरू छिटो टुङ्गो लगाउने गरी नलागेको आरोप समेत लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप