आन्दोलनको स्वरूप फेर्ने राजावादीको तयारी
सारांश
- राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले आन्दोलनको स्वरूप परिवर्तन गर्ने तयारी गरेका छन्।
- सरकारले राजावादीको आन्दोलनलाई मध्यनजर गर्दै काठमाडौँका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ।
- समितिका अनुसार, अब नेपाल बाहिरका दूतावास घेराउ, जिल्लाहरूमा प्रदर्शन र काठमाडौंमा विभिन्न स्थानमा आन्दोलन गर्ने योजना छ।
काठमाडौँ । वर्तमान व्यवस्था विरोधी राजावादीहरूले राजसंस्था पुनर्स्थापनाका लागि गर्दै आएको आन्दोलनका स्वरूप फेर्ने तयारी गरेका छन् । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको बुधबार बस्ने बैठकले आन्दोलनको स्वरूप परिवर्तनबारे निर्णय गर्ने समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए ।
राजावादीको आन्दोलनलाई मध्यनजर गरेर सरकारले काठमाडौँका कोटेश्वर, बल्खु र सिफलचौर बाहेक चक्रपथभित्रका अन्य स्थानमा निषेधाज्ञा जारी गरेको छ । ‘आन्दोलनको स्वरूप परिवर्तन गर्ने प्रस्ताव आएका छन्’, नेपालले भने, ‘निर्णयका लागि आज बैठक बस्दैछ ।’
उनले नेपालबाहिर भएका विभिन्न देशका दूतावासमा घेराउ, प्रदर्शन गर्ने, नेपालका जिल्ला जिल्लामा पनि सोही प्रकारका कार्यक्रम गर्ने र काठमाडौँमा पनि एक ठाउँमा मात्र केन्द्रित नभएर विभिन्न स्थानमा आन्दोलन गर्ने कार्यक्रमहरू तय हुनसक्ने बताए ।
राजावादीहरूको पहिलो चरणको आन्दोलन मंगलबार सम्पन्न भएको थियो । राजावादीहरूको आन्दोलनमा ४४ वटा दल, समूह र अभियानका प्रतिनिधिहरू सहभागी भएको उनीहरूको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण