जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : शङ्कर पोखरेल
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए।
- उनले पार्टी र सङ्गठनमा काम नगर्नेहरूले जिम्मेवारी लिन नहुने र समुदायमा नरहने व्यक्तिले जिम्मेवारी पूरा गर्न नसक्ने बताए।
- पार्टीका बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले मिसन-२०८४ लाई लक्षित गरेर जनसङ्गठन पार्टी विस्तारमा लाग्नुपर्ने बताए।
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
ललितपुरको च्यानलस्थित एमाले बागमती प्रदेश कमिटीको कार्यालयमा बागमती प्रदेशअन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसङ्गठन इन्चार्ज तथा प्रमुखको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले जनतालाई पार्टीमा जोड्न सके मात्र पार्टी बन्ने बताए ।
महासचिव पोखरेलले पार्टी र सङ्गठनमा काम नगर्नेहरूले जिम्मेवारी लिनु नहुने बताए। उनले जसका लागि काम गर्ने हो त्यही समुदायमा नरहने व्यक्तिले जिम्मेवारी पूरा गर्न नसक्ने बताए। “हामी पार्टीका नेताहरूलाई पदीय जिम्मेवारी दिने अर्थमा मात्र जनसङ्गठन बनाइरहेका छौँ, काम गर्न समुदायमा पुग्ने हिसाबले सङ्गठन निर्माण भएकै छैन, हाम्रा जनसङ्गठन पार्टीका नेताहरूलाई व्यवस्थापन गर्ने थलो भएका छन्”, पोखरेलले भने।
उनले पार्टी र सङ्गठन निर्माणका बारेमा गम्भीर भएर सोच्ने बेला आएको बताए । “पार्टीको राजनीतिले मात्र जनाधार विस्तार हुँदैन, त्यसलाई समुदायमा आधारित बताउनुपर्छ”, उनले भने ।
पार्टीका बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले मिसन–२०८४ लाई लक्षित गरेर जनसङ्गठन पार्टी विस्तारमा लाग्नुपर्ने बताए। पार्टीका प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले बागमती प्रदेशमा सङ्गठन विस्तार तीव्र गतिमा भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण