प्रदर्शनको एकसयौँ दिनमा ‘लाज शरणम्’
सारांश
- चलचित्र 'लाज शरणम्' प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ। निर्माताका अनुसार दर्शकको मायाले आगामी दिनमा थप राम्रो काम गर्ने हौसला मिलेको छ।
- निर्माता नवीन श्रेष्ठले आगामी चलचित्र 'पाँच पाण्डव' निर्माण गर्ने घोषणा गरेका छन्, जसको पटकथा सुशील पौडेलले तयार पार्दैछन्।
- 'लाज शरणम् २' निर्माणको तयारी भइरहेको छ भने चलचित्रमा सीताराम कट्टेल, दयाहाङ राई लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । नेपाली चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको उक्त चलचित्रले काठमाडौँको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा प्रदर्शनको एकसय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।
उनले भने,“पहिलो चलचित्रमा प्राप्त गरेको मायाप्रति म निकै आभारी छु । समसामयिक विषयलाई समेटेर चलचित्र निर्माण गरेकै कारण दर्शकले रुचाउनुभयो, यसले हौसला र दायित्व दुवै थपेको छ । आगामी दिनमा थप राम्रो गर्ने प्रयास हुनेछ ।”
निर्माता श्रेष्ठले आगामी चलचित्र ‘पाँच पाण्डव’ निर्माण गर्ने घोषणा गरेका छन् । उक्त चलचित्रको पटकथा सुशील पौडेलले तयार गरिरहेका छन् भने वसन्त निरौलाले निर्देशन गर्नेछन् । उक्त चलचित्र आगामी भदौ आसपासमा छायाङ्कन गर्ने तयारी गरिएको श्रेष्ठले बताए । उनले ‘लाज शरणम् २’ नामक चलचित्र पनि निर्माणको तयारी भइरहेको जानकारी दिए ।
उक्त चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायतले अभिनय रहेको छ । कुमार कट्टेल (जिग्री) ले चलचित्रलाई निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण