‘महाराजधिराज’मा गजितको इन्ट्री
काठमाडौँ । पछिल्लो समय लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’मा ‘जेठान’को भूमिकाबाट चर्चा पाएका अभिनेता गजित विष्ट फिल्म ‘महाराजधिराज’मा भित्रिएका छन् । फिल्ममा महत्त्वपूर्ण भूमिका रहने गरेर निर्माण युनिटले उनलाई फिल्ममा भित्र्याएको हो ।
१५ वर्ष अगाडि ‘मायाज बार’बाट फिल्म डेब्यु गरेका गजित २ दर्जन हाराहारी फिल्म अभिनय गरिसकेका छन् । अभिनयमा माहिर बिष्ट ‘महाराजधिराज’को कथा र टिम राम्रो भएकोले जोडिएको आफ्नो रोजाइमा परेको बताउँछन् ।
बिष्ट फिल्मका निर्माता समेत हुन् । उनले ‘लभ यु बाबा’ र ‘हैरान’ निर्माण गरेका थिए । उनी टेलिभिजन रियालिटी शोहरूको निर्देशन समेत गर्दै आएका छन् ।
‘महाराजधिराज’मा गजित बिस्टको अलावा आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत, वर्षा सिवाकोटी र पुष्प खड्का लगायतको समेत अभिनय रहेनछ । ‘महाराजधिराज’को निर्देशन परिच्छेद सेनले गर्दै छन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको निर्माण रहने यो चलचित्रका प्रस्तुतकर्ता बिराज विष्ट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण