शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

‘महाराजधिराज’मा गजितको इन्ट्री

बिहीबार, २२ जेठ २०८२, ०८ : २१
बिहीबार, २२ जेठ २०८२

काठमाडौँ । पछिल्लो समय लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’मा ‘जेठान’को भूमिकाबाट चर्चा पाएका अभिनेता गजित विष्ट फिल्म ‘महाराजधिराज’मा भित्रिएका छन् । फिल्ममा महत्त्वपूर्ण भूमिका रहने गरेर निर्माण युनिटले उनलाई फिल्ममा भित्र्याएको हो ।

१५ वर्ष अगाडि ‘मायाज बार’बाट फिल्म डेब्यु गरेका गजित २ दर्जन हाराहारी फिल्म अभिनय गरिसकेका छन् । अभिनयमा माहिर बिष्ट ‘महाराजधिराज’को कथा र टिम राम्रो भएकोले जोडिएको आफ्नो रोजाइमा परेको बताउँछन् ।

बिष्ट फिल्मका निर्माता समेत हुन् । उनले ‘लभ यु बाबा’ र ‘हैरान’ निर्माण गरेका थिए । उनी टेलिभिजन रियालिटी शोहरूको निर्देशन समेत गर्दै आएका छन् ।

‘महाराजधिराज’मा गजित बिस्टको अलावा आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत, वर्षा सिवाकोटी र पुष्प खड्का लगायतको समेत अभिनय रहेनछ । ‘महाराजधिराज’को निर्देशन परिच्छेद सेनले गर्दै छन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको निर्माण रहने यो चलचित्रका प्रस्तुतकर्ता बिराज विष्ट हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप