गृहमन्त्रीलाई संसद्मा बोल्न दिनेबारे विपक्षी दलहरूले के गर्यो निर्णय ?
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न दिने विषयमा विपक्षी दलहरू सकारात्मक देखिएका छन् । संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा भएका बदमासीबारे छानबिन समिति गठन गर्न सरकार तयार भए लेखकलाई संसद्मा बोल्न दिने विषयमा प्रतिपक्ष दलहरू सकारात्मक देखिएका हुन् ।
यस विषयमा अहिले प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी लगायत दलहरूसँग छलफलको तयारी भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । विपक्षी दलहरूले सत्तापक्ष नै संसदमा पेलेर जान खोजेको आरोप लगाएको छ ।
‘सत्ता पक्षले जबरजस्ती संसद् चलाउँछौँ भनेर प्रतिपक्षसँग सधैँका लागि सम्बन्ध खराब बनाउने कोसिस गर्दै हुनुहन्छ । यो कुरा नगर्नोस् । संसदमा रहेका दलहरूको एक नम्बरका नेता छाडेर दोस्रो तहका नेताहरूसँग बसेर छलफल गरौँ । गतिरोध अन्त्य गरौँ’, सञ्चारकर्मीसँग पाण्डेले भने ।
समस्याको समाधान कसरी निकाल्ने भन्ने सम्बन्धमा थप स्पष्ट पार्दै उनले भने– गृहमन्त्रीले संसदमा आएर बोल्ने । बोल्न दिने सिलसिलामा हामीले छानबिनको कुरा उठाइराखेका छौँ । त्यसलाई कुन भाषामा सम्बोधन गर्न सकिन्छ ? यो केही पनि होइन भन्न पाउन हुन्न । यसअघिका गृहमन्त्रीको पालामा पनि भिजिट भिसामा मानव तस्करी भएर कलङ्क भएको छ । जुन किसिमको अपराध भएको छ, त्यसलाई जरैसँग पत्ता लगाएर छानबिन गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण