शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिनेबारे विपक्षी दलहरूले के गर्‍यो निर्णय ?

बिहीबार, २२ जेठ २०८२, १४ : ४२
बिहीबार, २२ जेठ २०८२

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई संसद्‌मा बोल्न दिने विषयमा  विपक्षी दलहरू सकारात्मक देखिएका छन् । संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा भएका बदमासीबारे छानबिन समिति गठन गर्न सरकार तयार भए लेखकलाई संसद्मा बोल्न दिने विषयमा प्रतिपक्ष दलहरू सकारात्मक देखिएका हुन् । 

यस विषयमा अहिले प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी लगायत  दलहरूसँग छलफलको तयारी भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । विपक्षी दलहरूले सत्तापक्ष नै संसदमा पेलेर जान खोजेको आरोप लगाएको छ । 

‘सत्ता पक्षले जबरजस्ती संसद् चलाउँछौँ भनेर प्रतिपक्षसँग सधैँका लागि सम्बन्ध खराब बनाउने कोसिस गर्दै हुनुहन्छ । यो कुरा नगर्नोस् । संसदमा रहेका दलहरूको एक नम्बरका नेता छाडेर दोस्रो तहका नेताहरूसँग बसेर छलफल गरौँ । गतिरोध अन्त्य गरौँ’, सञ्चारकर्मीसँग पाण्डेले भने । 

समस्याको समाधान कसरी निकाल्ने भन्ने सम्बन्धमा थप स्पष्ट पार्दै उनले भने– गृहमन्त्रीले संसदमा आएर बोल्ने । बोल्न दिने सिलसिलामा हामीले छानबिनको कुरा उठाइराखेका छौँ । त्यसलाई कुन भाषामा सम्बोधन गर्न सकिन्छ ? यो केही पनि होइन भन्न पाउन हुन्न । यसअघिका गृहमन्त्रीको पालामा पनि भिजिट भिसामा मानव तस्करी भएर कलङ्क भएको छ । जुन किसिमको अपराध भएको छ, त्यसलाई जरैसँग पत्ता लगाएर छानबिन गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप